खानेपानी सुविधाले दैनिकी फेरियो

Gandaki Pardesh notice

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको छ ।

खानेपानीका लागि मुहान, कुवा र धारामा जादा हुने समयको बचत, सरसफाईमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आगनकै धारा बनाएपछि गाग्री, ग्यालीन र बाल्टीमा सार्वजनिक धाराबाट पानी ल्याउदा हुने समयको बचत र दुःख हटेको बताउनुभयो ।

“पहिले सार्वजनिक धाराबाट छिमेकमा पालो लगाएर पाइपमा पानी ल्याएर उपभोग गरिएको थियो,” उहाँले भन्नुभयो “आगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएका छौ ।”

Shreekrishna hardwear in news

बेनी नगरपालिकाको रु. तीन लाख अनुदान सहयोगमा गत आर्थिक वर्ष २०७७÷७८ मा लामगराका ३१ घरमा मिटर जडिट निजी धारा निर्माण र पुरानो मुहान तथा वितरण प्रणाली सुधार गरिएको थियो ।

झाँत्रीथान, नर्सरी, जलकुनेको मुहानको पानीलाई एकिकृत गरेर स्थानीयको थप रु. तीन लाख बराबरको श्रमदान र लागत साझेदारीमा निजी धारा जडान पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष हेमराज शर्माले बताउनुभयो ।

“पाँच वटा सार्वजनिक धाराबाट घरघरमा पाइपबाट पानी लैजादा अभाव हुने गरेको थियो,” उहाँले भन्नुभयो “निजी धारा र धेरै मुहानको पानी एकिकृत गरेपछि अहिले फालाफाल भएको छ ।”

बेनी नगरपालिका–१ सालघारीकी सरस्वती किसानले निजी धारा सहितको खानेपानी योजना निर्माण भएपछि दैनिकी सहज भएको बताउनुभयो । “पहिला टाढा पुगेर, घण्टौ पालो पर्खिएर पानी ल्याएर उपभोग गरेका थियौ । फोहोर हुन्थ्यो । सफा पानी खान पाइएको थिएन्,” उहाँले भन्नुभयो “घरमै बनेको धारामा नीयमित पानी आउन थालेपछि सुविधा भएको छ ।”

Bhautik ministry notice about road

बेनपा–१ का वडा अध्यक्ष टेकबहादुर रावलका अनुसार दलीत समुदायको बाहूल्य बसोवास रहेको सालधारीमा रु. ११ लाख अनुदान सहयोगमा ६० घरमा निजी धारा निर्माण, पुरानो टंकी र वितरण प्रणालीलाई व्यवस्थित गरिएको थियो ।

६२२ घरधुरी रहेको रत्नेचौरका सबै बस्तीमा निजी धारा सहितको खानेपानी सुविधा विस्तारका लागि आयोजना सञ्चालन गरिएको उहाँले बताउनुभयो । सारेमारेका ३० र सिमका २७ वटा घरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण भैसकेको छ । आनन्दबगरमा निजी धारा सहितको खानेपानी योजना निर्माण गर्न चालु आर्थिक वर्षमा रु. पाँच लाख बिनियोजन भएको छ ।

धारामा निजी धारा जडान गरेपछि खानेपानी प्रयोगमा मितव्ययिता अपनाएको सालघारीकी कुमारी किसानले बताउनुभयो । मासिक रुपमा निश्चित शूल्क उठाएर खानेपानी आयोजना नियमित सञ्चालनका लागि कोष बनाएका छन् ।

जलस्रोत तथा सिचाइृ डिभिजन कार्यालय म्याग्दीले दुई वर्षअघि शुरु गरेको रत्नेचौर लिफ्ट खानेपानी आयोजनाले गति लिन सकेको छैन् । प्राकृतिक–प्रदिप–जुम्ली जेभी बिच २०७७ असार २४ गते रु. दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो ।

२०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र बितरण टंकी लगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको निजी धारा निर्माण अन्तिम चरणमा पुगेपनि टंकी, इनार, मुख्य पाइपलाईन विस्तारमा ढिलासुस्ति भएको स्थानीय कृष्ण बोगटीले बताउनुभयो । उपभोक्ता समितिले गर्नुपर्ने काम भएपनि ठेकेदारले ढिलासुस्ति गरेका उहाँले बताउनुभयो ।

सिम स्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारा मार्फत खानेपानी बितरण गर्ने योजना छ । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्यूबिक क्षमताको टंकीमा खसालेर घरघरमा धारा जडान गरेर बितरण गरिने भएको छ ।

घरघरमा निजी धारा जडान गरेर खानेपानी बितरण गरिने यो आयोजनाको बितरण लाइनको कुल दुरी १८.७ किलोमिटर छ । रत्नेचौरमा बि.स २०३५ सालमा निर्माण भएको खानेपानी आयोजनाको संरचना जिर्ण र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपुर्ति हुन नसकेपछि नयाँ लिफ्ट प्रविधीको योजना शुरु गरिएको हो ।

बेनी–१ कै अर्को ठूलो बस्ती अर्जममा खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय मार्फत निर्माणाधिन भकुण्डे, फापरखेत, अर्जम खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । वि.स. २०७२ देखि शुरु भएको यो आयोजनाको टंकी, मुख्य र वितरण लाइन, निजी धारा निर्माणको काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका सचिव छविलाल श्रेष्ठले बताउनुभयो । अर्जमका १५० घरमा निजी धारा जडान गरेर चालु आर्थिक वर्ष भित्रनै खानेपानी वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । अर्जममा हाल सार्वजनिक धारा मार्फत खानेपानी वितरण भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...