म्याग्दीमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम

Gandaki Pardesh notice

बेनी, म्याग्दीमा चालू आर्थिक वर्षददेखि ग्रामिण पोषण सुरक्षण कार्यक्रम लागू भएको छ ।

पोषण अवस्थाको सुधारका लागि म्याग्दीका छ वटै स्थानीय तहमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम शुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवति, सुत्केरी र दुई वर्षसम्मका बच्चाको पोषण अवस्था सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले कार्यक्रम कार्यान्वनका लागि कृषक समूह, कृषि सहकारीलाई प्रस्ताव माग गरिएको जानकारी दिनुभयो । छ वटा ठाउँमा कार्यक्रम सञ्चालन गर्न चालू आर्थिक वर्षमा रु. तीस लाख बजेट बिनियोजन भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कम्तीमा १० घरधुरी संलग्न हुने गरी क्षेत्र बनाएर कृषि सहकारी र समूहले आवेदन पेश गर्न सक्ने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । ताजा तरकारी खेती, कुखुरापालन, पलास्टिक घर निर्माणका लागि कृषकले कुल लागतको ९० प्रतिशत अनुदान पाउनेछन् ।

एक वटा समूहका लागि रु. पाँच लाखका दरले अनुदान दिइने भएको छ । पोषण सुरक्षण कार्यक्रम निर्देशक समितिले पोषण अवस्था कमजोर भएका वडामा कार्यक्रम सञ्चालन गर्न छनौट गरेको थियो ।

बेनी नगरपालिकाको ३, ५ र ९, मंगला गाउँपालिकाको ३, ४ र ५, मालिकाको २, ३ र ४, धवलागिरीको २, ४, ५ र ६, रघुगंगाको ६, ७ र ८ तथा अन्नपूर्णको ६, ७ र ८ नम्बर वडामा कार्यक्रम लागू गरिएको हो ।

पोषण सुधारका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा म्याग्दीका स्थानीय तहहरुले रु. ४५ लाख बजेट बिनियोजन गरेका छन् । उपाध्यक्ष÷अध्यक्षसँग आमा कार्यक्रम मार्फत गर्भवतिलाई अण्डा, सुत्केरीलाई घ्यू, कुखुरा, सरसफाईका सामग्री वितरण गर्ने कार्यक्रम बनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...