रघुगंगामा महिला अधिकार सम्बन्धी अन्तरक्रीया

Gandaki Pardesh notice

मौवाफाँट,। म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा बुधबार मौवाफाँटमा महिला अधिकार सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।

जनप्रतिनिधी, आमा समूह, क्लव र राजनीतिकर्मी महिलाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला अदालत म्याग्दीका न्यायाधिश तेजनारायण पौडेलले अदालतले मौलिक हकको कार्यान्यन गराउने बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले महिलाहरुको उच्च शिक्षामा पहुँच बढाउन, बालबिवाह न्युनीकरणका कारण छोरीहरुको लागि पेवा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेपाली काँग्रेस म्याग्दीका उपसभापति तथा गाउँपालिकाका सल्लाहकार कर्णबहादुर भण्डारी (केवी)ले पछिल्लो राजनीतिक परिवर्तनपछि उच्च राजनीतिक पदमा महिला पुग्ने वातावरण बनेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उपभोक्ता समितिमा महिलाको अधिकतम सहभागितामा प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक व्यवस्थाको कार्यान्वयन हुनुपर्ने बताएका थिए ।

महिलाले गर्ने घरायसी कामको पनि मौद्रिक मुल्याङ्कन हुनुपर्ने, सम्पत्तिमा पहुँच बढाउनुपर्ने, महिलाको हक सम्बन्धी संवैधानिक व्यवस्थाको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले स्वागत गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य सम्झना परियार र महिला विकास शाखाका कर्मचारी संगिता पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।१५० जनाको सहभागिता थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...