धारापानीमा माओवादीको टोल स्तरीय चुनाव परिचालन समिति

Gandaki Ghumau

बेनी,। धवलागिरी गाउँपालिका–७ धारापानीमा नेकपा माओवादी केन्द्रले बुधबार आसन्न स्थानीय तह निर्वाचन लक्षित चुनाव परिचालन समिति गठन गरेको छ ।

साविक ताकम गाविसको १ र २ नम्वर वडामा पर्ने धारापानीमा रामबहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय टोल स्तरीय चुनाव परिचालन समिति गठन गरिएको हो । सुजन थापा संयोजक र राजकुमार विक सहसंयोजक रहेको वाइसीएलको ४५ सदस्यीय चुनाव परिचालन समिति बनाइएको छ ।

Gunasthariya Shiksya

कार्यकर्ता भेलामा माओवादी केन्द्रका धवलागिरी गाउँपालिका इञ्चार्ज खुमनाथ सुवेदी, जिल्ला समन्वय कमिटी सदस्य किरन थापा, रामबहादुर खत्री, वडा कमिटी अध्यक्ष अशोक खत्री, सबिन रोका, दलित मुक्ति मोर्चा धवलागिरीका अध्यक्ष प्रेम दमाई लगायतले सम्बोधन गर्नुभएको थियो ।

Shreekrishna

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावलाई लक्षित गरेर माओवादी केन्द्रले धवलागिरी गाउँपालिकाको टोल टोलमा जनभेटघाट अभियान तिब्र बनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...