रघुगंगामा सार्वजनिक सुनुवाई

Gandaki Pardesh notice

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले विकास खर्चलाई बढाउन नसकेको, ठेक्का मार्फत अघि बढेका योजनालाई गति दिन नसकेको, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वास्तविक लाभग्राही समेटीन नसकेको, मौवाफाँट सामुदायिक स्वास्थ्य इकाईलाई पूर्वाधारयुक्त बनाउन उपेक्षा गरिएको, सार्वजनिक सुनुवाईमा वडाका जनप्रतिनिधि नै उपस्थित नभएको, आबश्यकता भन्दा बाहिर गएर खानेपानीका पाईप वितरण गरेको लगायतका गुनासो गरेका थिए ।

सुनुवाईमा आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी लगायत बिषगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो । दोस्रो चौमासिकको प्रगति सार्वजनिक तथा समीक्षा संगै सेवाग्राही, सर्वसाधारण र सरोकारवालाबाट गुनासा तथा प्रतिकृया संकलन गर्दै कार्यालयको कार्यसम्पादनलाई थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले पालिकाले पाँच बर्षे कार्यकालमा विकासको आधार तयार गरेको बताउँदै हरेक बस्तीमा सडकको सञ्जाल पुग्नु, विद्यालयहरुको पूर्वाधार तयार हुनु, दुर्गम बस्तीहरुमा स्वास्थ्य इकाइ सञ्चालन लगायतका कामले नागरिकलाई विकासको आधारभुत पत्याभुति दिलाएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले भौगोलिक विकटता, स्रोत साधनको अभाबका बिच पनि गाउँपालिकाले पहिलो कार्यकालमा उल्लेख्य रुपमा भौतिक पूर्वाधार निर्माणमा प्रगति हाँसिल गरेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उप–सभापति एवम् गाउँपालिका अध्यक्षका सल्लाहकार केवी भण्डारीले राजनीतिक दलहरुमा गाउँमा विकासमा प्रतिस्पर्धा र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

Bhautik ministry notice about road

त्यसैगरि नेकपा एमालेका रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक कार्कीले गाउँपालिकाले सञ्चालन गरेका योजनाहरुको प्रभाबकारीता नदेखिएको तर्फ ध्यानकर्षण गराउँदै विकासका लागि सबै राजनीतिक दलहरुको सहकार्य हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज रिम कटुवालले संघीयताको मर्म अनुरुप बजेट र जनशक्तिको व्यवस्थापन नहुँदा समस्या देखिएपनि विकासका आधारहरु बन्न सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस रघुगंगा गाउँपालिका समितिका सभापति मनकुमार शेरपुञ्जा, माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी, राप्रपाका विश्वविक्रम मल्ल, वडा नम्बर ५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जा लगायतले मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरि कार्यक्रमको दोस्रो चौमासिक समीक्षा खण्डमा गाउँपालिकाका बिषगत शाखाका उपलब्धीहरु सार्वजनिक गरिएको थियो । कार्यक्रममा लेखा अधिकृत खगराज सुवेदीले आर्थिक कारोबारको प्रगति, इन्जिनियर सुदीप गौतमले प्राविधिक शाखाको प्रगति, आन्तरीक लेखा परिक्षक सहायक कुसल ढुंगानाले राजश्व तथा प्रशासन शाखको प्रगती, दयाराम पौडेलले जिन्सी, विपद तथा न्यायिक समितिको प्रगती, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले शिक्षा शाखाको प्रगति प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरि कृषि अधिकृत सविना शर्मा, पशु सेवा प्राविधिक निशा पौडेल, महिला बालबालिका शाखा प्रमुख सावित्रा सुवेदी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका बसुता पुन, सूचना प्रविधि अधिकृत शिबबहादुर थापा, आयुर्वेद स्वास्थ्य शाखा प्रमुख लक्ष्मण चालिसे, स्वास्थ्य शाखा प्रमुख टिका बहादुर शाही, प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक अनिल केसी लगायतले आ–आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, गाउँसभा सदस्य प्रिति गर्वुजाको स्वागत, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको सञ्चालन तथा म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...