गुर्जाको ढुलढुनामा ट्रस पुल

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ ढुलढुना स्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ ।

गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुना स्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष पदम छन्त्यालले पुल बनेपछि दुई घण्टा ३० मिनेटको यात्राअवधी ४५ मिनेटमा छोटिएको बताउनुभयो ।

“२६५ घरधुरी स्थानीयबासी, गुर्जा हिमालको आधार शिविर जाने पर्यटक, पर्यटक मजदुर र चरन खर्कमा जाने–आउने कृषक लाभान्वित भएका छन,” उहाँले भन्नुभयो “देउराली देखि घुमाउरो दुई घण्टा तीस मिनेटको बाटो ४५ मिनेटमा छोटिएको छ ।”

Shreekrishna hardwear in news

यसअघि सो ठाउँमा काठको अस्थायी पुलबाट जोखिम मोलेर आवत जावत गर्ने गरिएको थियो । बस्ती देखि टाढा रहेको सो ठाउँमा पुल बनाउन गुर्जाबासीहरु जंगलमै वास बसेका थिए । फुल जडान गर्ने मजदुर सहित १५ जना स्थानीयबासी र उपभोक्ता समितिका पदाधीकारी ११ दिन निर्माण स्थलमै वास बसेका थिए ।

Bhautik ministry notice about road

रु. तीस लाखको लागतमा निर्माण भएको २८ मिटर लामो पुलको उचाई ३२ मिटर छ । खोलाको सतहदेखि काठको टेका राखेर पुलमा स्टिल डेग जडान गरिएको थियो । २०७७ चैत महिनामा सम्झौता भएको पुल निर्माण कार्य कोरोना महामारी र बर्खाका कारण रोकिएको थियो ।

टिभिएसयुद्धारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो । स्टिल डेग, बुल्डअप ग्रिप र ट्रस खरिद गरेको थियो । निर्माण सामग्री ढुवानी, जडान र निर्माणको काम उपभोक्ता समितिले गरेका हुन् ।

लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा पनि रु. तीस लाख ९३ हजारको लागतमा २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण भएको छ । वडा अध्यक्ष झकबहादुर छन्त्यालले गुर्जामा पाँच वर्षको अवधिमा दुई वटा ट्रस र तीन वटा झोलुङ्गे पुल निर्माण भएको जानकारी दिनुभयो ।

दोप्ताखोलामा ६७ मिटर, कातिखोलामा ५० मिटर, घुर्मखोलामा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । धवलागिरी गाउँपालिकामा गत वर्ष शुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुल मध्य पाँच वटा सम्पन्न भएका प्राबिधिक दिलिप थापाले बताउनुभयो ।
वडा नम्बर ४ नाउराको कोपिलाघाटमा रु. ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा रु. ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको छ ।

मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन् । पुल निर्माणका क्रममा सामाजिक तथा प्राबिधिक सहजिकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...