गुर्जावासीको सडक सपना

Gandaki Pardesh notice

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् ।

गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव प्रेम छन्त्यालले कम्पनीले खरिद गरेको एक्साभेटर परिचालन गरेर धवलागिरी गाउँपालिकाको केन्द्र देखि वडा नम्बर २ हुदै गुर्जा जोड्ने सडक अन्तरगत महतला भिरमा मार्ग खोलिएको बताउनुभयो ।

“स्वदेश तथा विदेशमा रहेका गुर्जावासीहरुले सडक निर्माणका लागि चन्दा संकलन गरेर डोजर किनेका हौ,” उहाँले भन्नुभयो “हालसम्म करिब रु. ७०÷७५ लाख संकलन जुटिसकेको छ ।”

Shreekrishna hardwear in news

गुर्जा घर भई हाल पोखरामा बस्नुहुने भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन लालबहादुर छन्त्यालको अध्यक्षतामा रहेको मञ्चले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन समन्वय गरिरहेको छ ।

म्याग्दीका छ वटा स्थानीय तहका ४५ मध्य गुर्जा मात्रै सडक नपुगेको वडा हो । धवलागिरी गाउँपालिका–२ लुलाङ देखि गुर्जा पुग्न तीन हजार तीन सय मिटर अग्लो देउराली डाडा पार गरेर भिर, जंगल र खोल्साको पैदलमार्गमा पुरै दिन हिड्नुपर्छ ।

गुर्जाबासीले खनेको आन्तरिक सडक । तस्बिर धौलागिरी खबर

२६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोवास रहेको गुर्जाका बासिन्दा गम्भिर अवस्थाको बिरामी पर्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर, स्टे«चर र डोकामा बोकेर अस्पताल लैजानुपर्छ । पछिल्लो एक वर्षको अवधिमा अस्पताल जानका लागि हेलिकप्टर चार्टर गर्नका लागि मात्र गुर्जावासीले करिब रु. ४० लाख खर्चेको मञ्चका सचिब छन्त्याल बताउनुहुन्छ ।

खच्चर र भरियालाई पिठ्युमा बोकाएर ढुवानी गर्नुपर्छ । महतला देखि गुर्जाको प्रतिकिलो ढुवानी शूल्क रु. २२ तिर्नुपर्छ । विपन्न र शारिरिक अशक्तहरु गाउँपालिका र जिल्ला सदरमुकाम पुग्न नसकेकाहरु सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । आलु, जडिबुटी र पशुजन्य बस्तु निकासी गर्न समस्या भएको छ ।

Bhautik ministry notice about road

लोत्ता, पुवा, चोया लगायत वनपैदावार जंगलमा कुहिएर खेर गएको छ । महँगो ढुवानीका कारण विकास आयोजनाको लागत बढेर कार्यान्वयनमा समस्या भएको स्थानीय गोर्खाबहादुर छन्त्यालले बताउनुभयो ।

गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भिरमा दुई वर्षको प्रयासमा गत पुष महिनामा करिब एक सय मिटर सडकको मार्ग खुलेको थियो ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुषमा बिएन कन्ट्रक्सनले रु. ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

वि.स. २०७७ चैत देखि सहायक ठेकेदारको रुपमा काम थालेको चुरेन कन्ट्रक्सनको एक्साभेटरले महतलाको भिरमा मार्ग खोलिएको हो । चट्टान काटेर मार्ग खोलिएको सडकको ग्रेड मिलाउने र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउने काम भैरहेको छ । महतला देखि लुलाङ हुदै गुर्जातर्फ जाने सडक खोरीया, लमसुङ र लुलाङका वासिन्दाको विवादले निर्माण हुन सकेको छैन् ।

गुर्जा गाउँ । तस्बिर धौलागिरी खबर

बिवादित भूगोललाई छोडेर लुलाङ देखि देउराली हुदै गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । धवलागिरी गाउँपालिकाले रु. चार लाख खर्चेर बनाएको डिपिआर अनुसार सो सडक निर्माणका लागि रु. ४७ करोड ८७ लाख लगानी आवश्यक पर्छ ।

“वडा र पालिकाको बजेटबाट सम्भव नहुनेभएपछि डिपिआर बनाएर संघ र प्रदेश सरकारमा योजना प्रस्ताव गर्ने तयारीमा छौ,” वडा अध्यक्ष छन्त्यालले भन्नुभयो “गुर्जावासीहरुले आफै एक्साभेटर खरिद गरेर सडक निर्माणमा अग्रसर भएपछि बजेट व्यवस्थापनमा दवाव परेको छ ।” सरकारले इन्धन र चालकको तलब भत्ताको व्यवस्था गरेमा डोजर परिचालन गरेर सडक खन्ने गुर्जा विकास मञ्चका पदाधीकारीहरुको भनाई छ ।

बि.स. २०७४ मा भूगर्वविद् र प्राविधिक टोलीले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएपनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको छ । गुर्जातर्फबाट मजदुर परिचालन गरेर देउराली देखि वनामसम्म दुई किलोमिटर आन्तरिक सडक निर्माण भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...