गुड नेवर्सको स्थापना दिवस

Gandaki Ghumau

बेनी, । गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले सोमबार बेनी नगरपालिका–७ मा रहेको बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

३१ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना बालबालिकाहरुका लागि रु. २३ हजार ९०० मूल्य बराबरको शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।

गुड नेवर्स इन्टरनेशनलका जिल्ला प्रतिनिधी सुर्यमान नगरकोटीले नेपाल बाल संगठन म्याग्दीका सचिब सन्दिप खत्रीलाई ११ थान स्कुल झोला, ११ दर्जन कापी, ६ प्याकेट कलम, पाँच प्याकेट पेन्सील, ११ वटा पानीका बोत्तल र ११ पिस टावेल हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

सन् १९९१ मा दक्षिण कोरिया स्थित सिओलमा सुविधाबाट बञ्चित भएका बालबालिकाहरुलाई सहयोग गर्न स्थापना भएको गुड नेवर्स इन्टरनेशनल संस्था अपाङ्गता भएका बालबालिका सहयोग कार्यक्रम, अनाथलय सञ्चालन, गरिब विधुवाहरुको लागि घरको व्यवस्था, ग्रामिण समुदाय विकास आदि जस्ता परियोजना सञ्चालन गरेको थियो भने हाल विभिन्न परियोजना मार्फत विश्व भरिका विभिन्न देशका मानिसहरुको गुणस्तिरिय जिवन, गुणस्तरिय शिक्षा प्राप्त गर्न र विभिन्न समयमा हुने प्राकृतिक विपत्तीबाट हुने हानी नोक्सानीमा सहयोग पनि गर्दै आएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरी र २०२१ देखि मालिका गाउँपालिकामा संगम म्याग्दी र कदम म्याग्दी मार्फत एकिकृत सामुदायिक विकास परियोजना सञ्चालन भैरहेको छ । संगमले शिक्षा, आयआर्जन साथै बाल अधिकार बाल संरक्षण लगायतका क्रियाकलाप संचालन गर्छ भने कदम म्याग्दीले स्वास्थ्य तथा सरसफाई सम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...