मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

Gandaki Pardesh notice

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ ।

केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले करिब चालिस मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो । धवलागिरी गाउँपालिकाको रु. नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिनुभयो ।

“कात्तिक देखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेको छ,” उहाँले भन्नुभयो “पहिरोले क्षति पुगेको पाइप परिवर्तन गरेर परियोजना सञ्चालन गरिएको हो ।” ४२ किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नम्बर ६ को बुलका ३५० घरधुरीमा विद्युतीकरण गरिएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताउनुभयो ।

Shreekrishna hardwear in news

परियोजना बन्द हुँदा घरायसी काम, बिद्यार्थीको पठनपाठन, मोवाईल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल लगायतका घरेलु उद्योगहरुलाई सहज भएको छ । वि.स. २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा परियोजना निर्माण भएको थियो ।

Bhautik ministry notice about road

बाढीले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । गत भदौ २० गते दरखोलामा आएको बाढीले बिद्युत गृह, बाँध र नहर बगाएपछि परियोजना बन्द भएको थियो ।

गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको रु. २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताउनुभयो । खोलाको किनारदेखि केहि माथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सिमित भएको छ ।

सो परियोजनाबाट उत्पादीत बिद्युत लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् । परियोजना मर्मतका लागि म्याग्दी क्षेत्र (ख)बाट निर्बाचित गण्डकी प्रदेशसभा सदस्य नरदेबी पुनको सिफारिसमा पुर्बाधार बिकास कार्यक्रमको रु. १२ लाख र धवलागिरी गाउँपालिकाले रु. दश लाख बिनियोजन गरेको वडा अध्यक्ष गमप्रसाद बिकले बताउनुभयो ।

परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेट लगायतका उपकरणहरु परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युतगृहको नयाँ भवन निर्माण भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...