म्याग्दीमा ८५ हजार मतदाता

Gandaki Pardesh notice

बेनी, ः आगामी २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् ।

यसैगरी ७४ मतदान स्थल र ११४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले अन्नपूर्ण गाउँपालिका–८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका–५ चिप्लेटीको डिम्ब आधारभूत र मंगला गाउँपालिका–१ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदान स्थल थपिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसअघि वि.स. २०७४ को चुनावमा म्याग्दीमा ७१ मतदान स्थल र ११० वटा मतदान केन्द्र थिए । मतदान स्थल टाढा हुँदा मतदातालाई सास्ती भएको थियो । वि.स. २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता थिए । पाँच वर्षको अवधिमा करिब चौध हजार मतदाता थपिएका हुन् ।

म्याग्दीमा सबैभन्दा बढी बेनी नगरपालिकामा २४ हजार ७११ र कम धवलागिरी गाउँपालिकामा १० हजार ९४० जना मतदाता छन् । बेनीमा १७ मतदान स्थल र २८ वटा मतदान केन्द्र तथा १२ वटा मतदान स्थल भएको धवलागिरीमा १६ वटा मतदान केन्द्र छन् ।

आठ वटा मतदान स्थल र १७ वटा केन्द्र भएको मंगलामा १३ हजार ४१६, १४ मतदान स्थल र १९ मतदान केन्द्र भएको रघुगंगा गाउँपालिकामा १३ हजार ६४७ जना मतदाता छन् । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना र १४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता कायम छन् ।

आगामी स्थानीय तह निर्वाचनमा म्याग्दीमा २० राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...