सिएमसी म्याग्दीमा कडेल

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका सहकारी संस्थाहरुको प्रबन्धक तथा व्यवस्थापकहरु आवद्ध को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाबाट पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कडेल (सदन)को अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

बेनीमा हालै भएको अधिवेशनले गठन गरेको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोकदीप साकोसका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोसकी प्रबन्धक समिक्षा ढुंगाना चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरूमा कस्तुरी बहुउद्देश्यीय सहकारीका लोकेश पुन, गोर्खा भुपु सैनिक साकोसका शिव खड्का, सौगात बहुउद्देश्यीय सहकारीकी लक्ष्मी शर्मा, विश्वामित्र साकोसकी सरस्वती बानियाँ, ताकम बहुउद्देश्यीय सहकारीका गोपाल आचार्य, रुप्से साकोसका यामनारायण पाइजा र संगिनी साकोसकी तेजकुमारी बानियाँ चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

साधारणसभाको राष्ट्रिय सहकारी बैंक लिका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले उद्घाटन गदैं सहकारीका मेरुदण्ड नै प्रबन्धक भएकाले संस्थागत विकास तथा क्षमता अभिबृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

म्याग्दी र पर्वत जिल्लाको जलजला गाउँपालिकाका ७० सहकारीका प्रबन्धकको उपस्थिती रहेको साधारणसभामा प्रशिक्षण समेत दिदैं गुरागाईले क्लबले जिल्लाभरका सहकारीका म्यानेजरहरुको क्षमता अभिबृद्धीमा सहज हुने बताउनुभयो ।

सोही अवसरमा बेनी नगरपालिका बेनी नगरपालिका सहकारी विभाग प्रमुख लक्ष्मण पौडेल, सहकारी बैंक बागलुङ शाखा प्रबन्धक यूवराज त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष कँडेलले जिल्लाभित्रका सहकारीको सीप हस्तान्तरणका साथै सम्रग सहकारीको हितमा रचनात्मक कार्य गर्ने बताउनुभयो । क्लव गठनको संयोजन राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङले गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...