घटना दर्ता सम्बन्धी अभिमुखिकरण

Gandaki Pardesh notice

बेनी,। बेनी नगरपालिका –४ सिंगा तातोपानीमा आइतबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले उद्घाटन गर्नुभयो ।

उपप्रमुख बरुवालले व्यक्तिगत घटना दर्ता गर्दा कानुनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अरुको दवाब मा नपरी र आग्रहपुर्वाग्रह नराखी कर्मचारी र जनप्रतिनिधिले आम नागरिकको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँले वडाबाट आउने समस्या समाधानको लागि आफुले पनि सहयोग गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले कानुनको सही सदुपयोग गरी नागरिकको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा कर्मचारी अभावमा वडाबाट प्रदान गरिने सेवामा थप समस्या हुने गरेको सुनाउनुभयो ।

अनलाइन सेवाले थप सहयोग पुगेको उहाँको भनाई थियो । कार्यक्रममा मंगला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर खातीले व्यक्तिगत घटना दर्ता सम्बन्धी सबैमा ज्ञान नहुँदा जनप्रतिनिधि र कर्मचारीलाई थप समस्या हुने गरेको बताउनुभयो ।

मंगला गाउँपालिका शिक्षा शाखा संयोजक डेकबहादुर बानियाँले विद्यालयमा पहिले जन्मदर्ताको कारण समस्या हुने गरेको भएपनि पछिल्लो समय भने अभिभावक र विद्यार्थीले व्यक्तिगत घटना दर्ता सम्बन्धीको कानुन अनलाइन सेवाले गर्दा सहज भएको बताउनुभयो ।
बेनी नगरपालिकाको पञ्जिकरण शाखाका फिल्ड सहायक गोविन्द पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सोमबार सम्म संचालन हुने कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट प्रमुख प्रशिक्षक संजित पौडेलले प्रशिक्षण दिनुभएको छ । पहिलो दिन अभिमुखीकरण तालिम कार्यक्रममा व्यक्तिगत घटना दर्ता, दर्ताको आवश्यक्ता र महत्त्व, दर्ता प्रक्रिया, सम्बन्धित निकाय लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । भने सोमबार प्राविधिक सम्बन्धी प्रशिक्षण गराइने भएको छ । तालिममा मंगला र बेनी नगरपालिका पञ्जिकरण शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...