अन्नपूर्णमा माओवादीको जनभेटघाट अभियान

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिकामा जनभेटघाट अभियान थालेको छ ।

वडा नम्बर ५ को पाउद्धारमा शनिबार टोल भेला गरेर आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचन लक्षित जनभेटघाट अभियान शुरु गरेको हो ।

अभियानको उद्घाटन गर्नुहुदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले संवीधानको भावना र मर्म अनुसार संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी विकास निर्माणलाई तिव्रता र नागरिकलाई सहज सेवा सुविधा पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाका इञ्चार्ज वुद्धी पुनले माओवादीको नीति अनुसार आएको संघीय व्यवस्थालाई सफल पार्न नेतृत्व पनि माओवादीकै आवश्यकता रहेको बताउनुभयो ।

गाउँपालिका कमिटिका अध्यक्ष ओम फगामीको अध्यक्षता, वडा कमिटी अध्यक्ष उदीप्रसाद पाईजाको सञ्चालन र जेष्ठ कम्युनिष्ट मञ्चका प्रदेश सदस्य पुर्णबहादुर पाइजाको स्वागतमा सम्पन्न कार्यक्रममा पालिका कमिटिका सचिव श्यामप्रसाद खड्काले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बेनीमा शुक्रबार भएको जिल्ला समन्वय कमिटिको बैठकको निर्णय अनुसार माओवादी केन्द्रले म्याग्दीका ६ वटै स्थानीय तह र ४५ वटै वडामा जनभेटघाट, कार्यकर्ता प्रशिक्षण, स्थानीय समस्या र सम्भावना पहिचान, पार्टीको अवस्था र चुनावी रणनीति बनाउन जुटेका छन् ।

यसैक्रममा शनिबारनै मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा वाइसीएल र अनेरास्ववीयु क्रान्तिकारीको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विकले प्रशिक्षण दिनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...