बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा यसोदा रोका चयन हुनुभएको छ ।
बेनीमा शनिबार सम्पन्न आठौ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटि चयन भएको हो ।
उपाध्यक्षमा हेमकुमारी गर्बुजा, पशुपति शाही, सचिबमा बिष्णु गुरुङ, सहसचिवमा देवकुमारी पुन र कोषाध्यक्षमा लक्ष्मी भण्डारी चयन हुनुभएको नेकपा एमाले म्याग्दीका सचिव सुरत केसीले जानकारी दिनुभयो ।
शुक्रबारदेखि बेनीमा शुरु भएको सम्मेलनको नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री थममाया थापाले गर्नुभएको थियो ।