शिखमा कुरिति विरुद्ध अन्तरक्रीया

Gandaki Pardesh notice

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार सामाजिक कुरिति, दुव्र्यसनी एवम् हानिकारक अभ्यास विरुद्धको अन्तरक्रीया कार्यक्रममा सम्पन्न भएको छ ।

सामाजिक बिकास कार्यालय र सरकारी वकिल कार्यालयको आयोजनामा सामाजिक कुरितिको कारण, समस्या र समाधानका उपायका बिषयमा छलफल भएको थियो ।

सोही अवसरमा समुदायमा सरकारी वकिल कार्यक्रम अन्तरगत न्याय सम्पादन प्रक्रियामा सरकारी वकिल कार्यालयको भूमिका र कार्यालयको सेवा पाउने अवस्था तथा प्रक्रीयाको बारेमा जानकारी गराइएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख धर्मराज पौडेल, सहायक प्रजिअ अर्जुन शर्मा र सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले सहजिकरण गर्नुभएको थियो । कुरीति, बालविवाह, लागुऔषधको अवस्था, यसको कानुनी उपचार, लैंगिक ंिहंसा, सरकारी वकिल कार्यालयको सेवा प्रवाहको अवस्थाका बिषयमा सहजिकरण गरिएको थियो ।

स्थानीय अगुवा, आमा समूह, शिक्षक, वुद्धीजिवीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयका अधिकृत छैठौ बाबुराम आचार्यले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...