प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय पूर्वाधार बन्दै

Gandaki Pardesh notice

बेनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय पूर्वाधार सम्बन्धी योजना सञ्चालन भएका छन् ।

चालु आर्थिक वर्षमा कार्यक्रम मार्फत पदमार्ग निर्माण, सडकमा ढुङ्गा सोलीङ्ग र मर्मत सम्बन्धी योजना सञ्चालन भएका हुन् । नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक कुलचन्द्र रेग्मीका अनुसार दश वटा वडामा छनौट भएका २१ वटा मध्य १७ वटा योजना चालु अवस्थामा छन् ।

Bhautik ministry notice about road

एक बस्ती देखि अर्को बस्ती जोड्ने, धार्मिक पर्यटकीय स्थल जोड्ने पदमार्ग सम्बन्धी योजना धेरै छन् । सबै बजेट ज्यालामा खर्च हुने भएकाले सडक मर्मत र ढुंगा बिछ्याएर सोलिङ गर्ने योजनामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट परिचालन भएको छ ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि कुल रु. ९१ लाख ४२ हजार बजेट विनियोजन भएको छ । दश वटै वडाका योजनामा २०० जनाले रोजगारी पाएका छन् ।

बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा स्थानीय बेरोजगारहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट गाउँ देखि मुल सडकमा निस्कने पदमार्ग निर्माण गरेका छन् । पदमार्गबाट स्थानीयबासीलाई सुरक्षित रुपमा आवत जावत गर्न सहज हुनुका साथै बेरोजगारहरुलाई रोजगारी मिलेको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...