हतियार बुझाउन म्याग्दी प्रशासनको अनुरोध

Gandaki Pardesh notice

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिएर राखिएका हतियार बुझाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुक्रबार सूचना जारी गर्दै चैत २५ गतेभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो ।

Bhautik ministry notice about road

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिर्जना गर्न नजिकको प्रहरी इकाई मार्फत हतियार बुझाउन अनुरोध गरिएको प्रजिअ रानाले बताउनुभयो ।

Shreekrishna hardwear in news

यसरी बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भए पश्चात हतियार धनीलाइनै फिर्ता गरिने प्रशासनले जनाएको छ । निर्धारित समयभित्र नबुझाएका त्यस्ता व्यक्तिहरुको हातहतियार खोजतलास गर्दा भेटिएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रजिअद्धारा जारी भएको सूचनामा उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...