गणेश घर्ति स्मृति हाजिरी जवाफ

Gandaki Pardesh notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता मावि मुना दृतीय र ताकम मावि तृतीय भएका छन् ।
६ वटा विद्यालय सहभागि भएका थिए । प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफि र प्रमाणपत्र सहित क्रमश ः रु. दश हजार, सात हजार र चार हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

Bhautik ministry notice about road

म्याग्दी जेसिजका उपाध्यक्ष विनोद केसीको संयोजनमा भएको कार्यक्रममा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । ताकम माविलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको थियो ।

Shreekrishna hardwear in news

म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता र पुर्व अध्यक्ष सुजन बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष बिरेन्द्र श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...