म्याग्दीका कृषि प्राविधिकहरुको समन्वय वैठक

Gandaki Ghumau

बेनी । म्याग्दीका स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको समन्वय वैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको बैठकमा केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, मुख्यमन्त्री वातावरणमैत्री कृषि नमुना गाउँ कार्यक्रम र स्थानीय तहका कृषि प्राबिधिकहरुको उपस्थिति थियो ।

Gunasthariya Shiksya

चालु आर्थिक वर्षमा पकेट, ब्लक, जोन तथा पालिकाका कृषि सम्बन्धी कार्यक्रम कार्यान्वयनको अवस्था, किसान सुचिकरण, काम गर्दा आइपरेका समस्या पहिचान तथा समाधानका उपाय खोजी र असल अभ्यासको अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

Shreekrishna

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि प्रसार अधिकृत गोविन्द पाण्डे, बाली संरक्षण अधिकृत निर्मला कटुवाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला जोन इकाईका कृषि अधिकृत बिक्रम बस्याल र छ वटै स्थानीय तहका कृषि प्राबिधिकहरु छलफलमा सहभागी हुनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...