आठ महिनामा ३० जना क्षयरोगी पहिचान

Add Samajik bikash office

सजिना खड्का


बेनी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७८÷७९ को आठ महिनाको अवधिमा ३० जना नयाँ क्षयरोगी पहिचान भएका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत साउन देखि फागुन सम्म ३० जना क्षयरोगी पहिचान भएका जानकारी गराइएको हो ।

Shreekrishna hardwear in news

स्वास्थ्य कार्यालय म्याग्दीका क्षयकुष्ठ निरिक्षक गणेश सुवेदीले १५÷१५ जना महिला÷पुरुष क्षयरोगीहरुको स्वास्थ्यकर्मीहरुको निगरानीमा उपचार भइरहेको जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा २१ ज्ना क्षयरोगी पहिचान भएका थिए ।

बेनी नगरपालिकामा १७, मंगला गाउँपालिकामा ४, मालिकामा २, अन्नपुर्णमा ३ र धवलागिरीमा २ र रघुगंगामा २ जना क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०७७÷०७८ मा पहिचान भएका ४८ जना क्षयरोगीको पहिचान र उपचार भएको थियो ।

Bhautik ministry notice about road

छ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ । गत बर्ष फेला परेका क्षयरोगका विरामी मध्ये ९० प्रतिशत निको भएका छन् । क्षयरोग थप फैलिन नदिन विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको सुचना अधिकारी सुवेदीले बताउनुभयो ।

विरामीको सम्पर्कमा आएका व्यक्तीलाई कन्ट्याक ट्रेसिङ गरिएको उहाँले जानकारी दिनुभयो । बेनी अस्पतालकी निमित्त सुपरीटेण्डेन्ट डाक्टर रुगमिना अधिकारीले नियमित औषधिको सेवन गरेमा क्षयरोग निको हुने बताउनुभयो ।

उहाँले म्याग्दी क्षयरोग संक्रमणको उच्च जोखिममा रहेकोले थप सजकता अपनाउन आग्रह गर्नुभयो । क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने उहाँले बताउनुभयो । क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन । फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग गरी दुई भागमा वर्गीकरण गर्न गरिएको छ ।

डाक्टर अधिकारीका अनुसार दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि क्षयरोगका लक्षणहरु हुन् । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम लगायतले बोल्नुभएको थियो । सहभागीहरुले क्षयरोग थप फैलिन नदिन सर्वसाधारणमा जनचेतना फैलाउने र स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...