रघुगंगाको पिप्लेमा प्रयोगशाला सञ्चालन

Gandaki Pardesh notice

धिरन खत्री


पिप्ले, रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ ।

गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला, कुइनेका वासिन्दालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरेको हो ।

Shreekrishna hardwear in news

अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा बिहिबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले प्रयोगशालाको उद्घाटन गर्नुभयो । सो प्रयोगशालाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिसको परिक्षण गरिने गाउँपालिकाका चिकित्सक सन्तोषप्रसाद बोहोराले बताउनुभयो ।

“रगत र पिसाव परिक्षण गरेर रोग पहिचान र उपचारमा सहज भएको छ,” उहाँले भन्नुभयो “प्रयोगशाला सञ्चालन गर्न गाउँपालिकाले छुट्टै जनशक्ति व्यवस्थापन गरेको छ ।” अध्यक्ष भण्डारीले आठ वटा वडाका स्वास्थ्य चौकी वाहेक अपायक पर्ने वस्तीमा थप आठ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road

पिप्लेसंगै पाखापानीमा ल्याव सेवा यसै बर्षमा सुचारु गर्ने गरी सामान र जनशक्ति ब्यवस्थापन गरिसकेको समेत जानकारी दिनुभयो । पिप्लेमा अस्पताल बनाउनका लागि केन्द्र र प्रदेश सरकारसंग माग गर्ने तयारी भएको बताउनुभयो । उहाँले ल्यावसेवा संगसंगै पिप्लेमा एक्सरे सेवा संचालन गर्नका लागि भवन निर्माण भईरहेको भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले स्वास्थ्य, शिक्षा खानेपानी लगायतका जनताका अतिआवश्यक सेवाहरुलाई मध्यनजर गरेर सबै वडामा योजनाबद्ध सेवाहरु विस्तार भईरहेको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको आर्थिक क्षमताअनुसार गाउँपालिकाभित्र स्वास्थ्य सेवाहरु थप गरीरहेको बताउनुभयो । गाउँपालिकाभित्र थप भएको सेवाहरुलाई जनतामैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, लगायत सामाजिक ब्यक्तित्वले प्रचारप्रसार र एकअर्कालाई जानकारी गराएर ल्याव सेवा प्रभावकारी रुपमा संचालन गराउनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा रघुगंगा मावि पिप्लेका प्रअ रमेशसिङ ठकुरीले गाउँमा थपिएको स्वास्थ्य सेवाहरु आर्थिक रुपमा कमजोर समुदाय राहत पुग्ने बताउनुभयो । यसअघि प्रयोगशालाको सेवाका लागि सदरमुकाम बेनी जाने गरेका थिए । सदरमुकाम जान आउन लाग्ने समय र खर्चको बचत हुने अपेक्षा गरिएको ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा डाक्टर बोहरा, गाउँपालिका स्वास्थ्य शाखा संयोजक टिका शाही, नर्स, स्वास्थ्य स्वयमसेवीका लगायतको उपस्थित रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...