धारापानीमा विद्यालय र स्वास्थ्य चौकीको भवनको उद्घाटन्

Gandaki Pardesh notice

गोपाल आचार्य
धारापानी, १० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षा कोठा र स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ ।

गुड नेवर्स इन्टरनेशनल र धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा कुल रु. एक करोड पाँच लाख सात हजार २८७ मा कक्षा कोठा र स्वास्थ्य चौकीको भवन निर्माण भएको हो ।

गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु. ७१ लाख ७१ हजार ४५० र समुदायको रु. दुई लाख गरि कुल रु. ७३ लाख ७१ हजार ४५० को लागतमा चार कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष किरन थापाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकाको रु २६ लाख, गुड नेवर्स इन्टरनेशनल नेपालको रु. आठ लाख ३९ हजार ८३७, देवीथान दिगो समूहको रु. ३५ हजार, धारापानी काठमाडौ समाजको रु. दश हजार, धारापानी मगर संघको रु. २५ हजार, सिर्जनशिल हिमाली युथ क्लवको रु. दश हजार गरि कुल रु. ३५ लाख १९ हजार ८३७ को लागतमा एक तले चार कोठे स्वास्थ्य चौकीको भवन निर्माण भएको उपभोक्ता समितिका सचिव गणेश खत्रीले बताउनुभयो ।

भूकम्प प्रतिरोधी क्षमताको दुई वटै भवन अपाङ्गमैत्री हुन् । वि.स. २०७७ असारमा भूमिगत पहिरोका कारण धारापानीको ढाडटोलमा रहेको विद्यालयको २० कोठे भवन, ६ वटा शौचालयमा क्षति पुगेको थियो । ढाँड टोलका ७५ घरधुरी भूमिगत पहिरोको जोखिममा छन् ।
धारापानीको किमबोटमा विद्यालयको भवन निर्माणका लागि चक्रबहादुर थापा, उहाँका भाई क्याप्टेन पुर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुवा चन्द्रबहादुर थापा र आमा कुन्ता देवी थापाको नाममा ६ रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउनुभएको थियो ।

सैगरी लालबहादुर थापा, कुलबहादुर थापा र अर्जुन थापाले पनि जग्गा उपलब्ध गराउनुभएको थियो । मुल सडकदेखि जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय सुर्यबहादुर थापा, बेदबहादुर थापा, झकबहादुर पुर्जा, शेरबहादुर थापा, खिमदल थापा, मनबहादुर थापा, चन्द्रबहादुर थापा, महादेव थापाले जग्गा उपलब्ध गराउनुभएको छ ।

Bhautik ministry notice about road

जग्गादाताको सम्मानमा बिद्यालयलाई श्री किसानी चन्द्रकुन्ता मावि नामाकरण गरिएको छ । नयाँ भवन निर्माण र क्षति पुगेका भवनको मर्मतपछि बालबालिकालाई खुल्ला चौरमा राखेर पढाउनुपर्ने बाध्यता हटेको प्रधानअध्यापक धु्रबबहादुर भण्डारीले बताउनुभयो । कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा २२८ जना बिद्यार्थी छन् ।

यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा चार कोठे भवन निर्माण भएको थियो । भवन परिसरमा गुड नेवर्स इन्टरनेशलको रु. ९ लाख ५९ हजार, धवलागिरी गाउँपालिकाको रु. चार लाख ४५ हजार र समुदायको रु. एक लाख ९६ हजार गरि कुल रु. १६ लाखको लागतमा शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ ।

साबिक ताकम गाबिसको १ र २ नम्बर वडामा पर्ने धारापानीका बासिन्दालाई ताकम स्थित वडा स्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक भएपछि वि.स. २०७७ माघमा स्थापना भएको धारापानीको स्वास्थ्य चौकी किसानी माविमा एकिकरण भएको तत्कालीन धौलागिरि आधारभूत विद्यालयको भवनबाट सञ्चालन भएको थियो ।

एक जना अहेव, एक जना अनमी र एक जना कार्यलय सहयोगी रहेको स्वास्थ्य चौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका छन् । भवन निर्माण भएपछि स्वास्थ्य चौकीको सेवा प्रवाह सहज भएको छ । दुई वटै भवनको बिहिबार धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल र गुड नेवर्स इन्टरनेशनल नेपालका देशिय निर्देशक जे क्युङ्ग रो ले संयुक्त रुपमा गर्नुभएको संगम म्याग्दीका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढाले बताउनुभयो ।


जग्गादाता र भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपालको केन्द्रिय कार्यालयका शंकर सुवेदी, वडा अध्यक्ष कलानिधी सुवेदी, कदम म्याग्दीका अध्यक्ष निलकण्ठ रेग्मी, संगम म्याग्दीका अध्यक्ष दिपेन्द्र शर्मा, गुड नेवर्स इन्टरनेशनलका जिल्ला संयोजक मनकुमार राई, संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेल, कदम म्याग्दीका फोकल पर्सन हरिप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन थापाको अध्यक्षता र विद्यालय भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खत्रीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा स्वास्थ्य चौकी निर्माण तथा व्यवस्थापन समिति अध्यक्ष काजिमान रोका, नेकपा एमाले धवलागिरीका अध्यक्ष होमबहादुर थापा, नेपाली काँग्रेसका नेता तेजिन्द्रबहादुर थापा, नेकपा माओवादी केन्द्रका धवलागिरी गाउँपालिका अध्यक्ष यामन रोका, जग्गादाता चक्रबहादुर थापा लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
होप विद्यालय भवन निर्माणको आयव्यय प्रअ ध्रुब भण्डारी र स्वास्थ्य चौकीको निर्माण समितिका सचिव गणेश खत्रीले सार्वजनिक गर्नुभएको थियो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरी र २०२१ देखि मालिका गाउँपालिकामा संगम म्याग्दी र कदम म्याग्दी मार्फत एकिकृत सामुदायिक विकास परियोजना सञ्चालन भैरहेको छ ।
संगमले शिक्षा, आयआर्जन साथै बाल अधिकार बाल संरक्षण लगायतका क्रियाकलाप संचालन गर्छ भने कदम म्याग्दीले स्वास्थ्य तथा सरसफाई सम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...