“गण्डकी समाज, सभ्य समाज”

Add Samajik bikash office

बेनी । सामाजिका विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबार बेनीमा गण्डकी समाज, सभ्य समाज विषयक अभिमुखीकरण कार्यक्रम भएको छ ।

सामाजिक विकृति न्युनीकरण, चेतनाको विकास र मर्यादित समाजको परिकल्पनालाई सार्थक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा २५ जना सामाजिक विषयका शिक्षकहरुको सहभागिता थियो ।

कार्यक्रमको सहजिकरण जिल्ला न्यायाधिश तेजनारायण पौडेल, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र गुरुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर नेपालीले सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाको अध्यक्षता र अधिकृत छैटौ बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले उद्घाटन गर्नुभएको थियो ।

सभ्य समाज निर्माणका लागि व्यक्तिहरुमा शिष्टता, शालिनता, सभ्यता र असल संस्कार सिकाउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

समाजमा रहेका अन्धविश्वास, कुरितहरु ह्टाउन, सम्भय र असल संस्कारको संरक्षण गर्न सामाजिक दायित्व निर्वाह गर्न सक्ने नागरिक तयार गर्न, किशोर किशोरीहरुलाई समय र तनाव व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्न विद्यालयलाई समादायमा परिचालन गरी चेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सहभागिको भनाई थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...