गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव

Gandaki Pardesh notice

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि सकारात्मक प्रभाव देखिएको छ ।

जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरु घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न भएका छन् । वडा सदस्य सिता छन्त्यालले जुवातास बन्द भएपछि महिलाहरुलाई राहत मिलेको बताउनुभयो ।

“जुवातास र मदिरामा भुल्ने पुरुषहरु घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा हुने झगडा घटेको छ,” उहाँले भन्नुभयो “श्रीमान श्रीमति सँगसँगै काम गरेर आम्दानी गरेका छन् । सामाजिक सद्भाव र शान्ति कायममा सहयोग पुगेको छ ।”

Shreekrishna hardwear in news

समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लवको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो । २६५ घरधुरीको बसोवास रहेको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ ।

वि.स. २०७४ देखि जुवातास बन्द गरिएको थियो । गाउँमा दैनिक आठ÷दश वटा खाल बनाएर पुरुषहरु तास खेलेर समय बिताउँदा सामाजिक समस्या देखिएपछि तास बन्द गर्ने निर्णय लिइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

“तास बन्द गराउँदा एक÷दुई जना आक्रमण गर्नै आउनुभयो,” उहाँले भन्नुभयो “अहिले धेरैले बुझेका छन् । समाजिक सुधारमा सहयोग पुगेको छ । घरायसी झगडा र बिवाद घटेको छ ।”

Bhautik ministry notice about road

जुवातासमा भुल्नेहरु अहिले विकास आयोजनामा मजदुरी, खेतीकिसानी, जडिवुटी संकलन र घरायसी काममा महिलाहरुलाई सघाउँछन् । महिलाहरुलाई घरायसी कामको बोझ घटेको पुर्माकुमारी विकले बताउनुभयो ।

आम्दानी हुन थालेपछि घर व्यवहार चलाउन सहज भएको उहाँको भनाई छ । यसअघि विकास आयोजनामा श्रमदान र ज्यालामा काम गर्ने महिलाहरु बढी हुने गर्दथे । हाल फुर्सद भएका सबैले काम गर्छन् । खेतबारी र घरायसी काममा श्रीमान श्रिमति सँगसँगै हुन्छन् ।

गुर्जामा भित्रिएका विकास आयोजना कार्यान्वयन गर्न छुट्टा÷छुट्टै समूह बनाएर जनशक्ति परिचालन गरेका छन् । विकाससँगै रोजगारी र आम्दानीको अवसर मिलेको गुर्जाका इन्द्रबहादुर छन्त्यालले बताउनुभयो ।

“जेष्ठ नागरिक र स्कुल जाने बालबालिका बाहेक सबै काममा हिड्छौ,” उहाँले भन्नुभयो “दुई वर्ष पहिला रु. दुई करोड भन्दा बढीको बजेटका योजना आउँदा हरेक घरमा रु. एक लाख भन्दा बढी भित्रिएको थियो । स्थानीय सरकार आएपछि गाउँमा रोजगारी र आम्दानीको अवसर मिलेको छ ।”

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका बासिन्दाले यसअघिको दुई आर्थिक वर्षमा गल, घन, कुतो, कोदालो, वाउसो, बेल्चा आदी उपकरणको प्रयोग गरी दुई किलोमिटर आन्तरिक सडक खनेका थिए ।

गुर्जामा यस वर्ष स्वास्थ्य चौकी भवन, दुई वटा झोलुङ्गे पुल सहित ११ वटा योजना कार्यान्वयन भैरहेका छन् । ओमथान र दुलढुनाको स्टिल ट्रस पुल र रु. छ लाख बजेट बिनियोजन भएको मलामी आश्रय स्थलको योजना निर्माण सकिएको छ । अन्य योजना कार्यान्वयनका क्रममा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...