बेनीमा योग पूर्वाधारको अभाव

Add Samajik bikash office

बेनी । बेनीमा योग अभ्यास गर्ने पूर्वाधारको अभाव छ । पूर्वाधार अभावमा सामुहिक योग अभ्यास गर्न सर्वसाधारणलाई समस्या भएको हो ।

मन्दिर, विभिन्न संघ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सञ्चालन गर्न समस्या भएको बेनीका योग प्रशिक्षक दिपेन्द्रकुमार विश्वकर्माले बताउनुभयो । “भाडामा लिएको हल समय सकिएपछि छोड्नुपर्छ,” उहाँले भन्नुभयो “योग अभ्यासलाई निरन्तरता दिदै प्रभावकारी बनाउन भवनको आवश्यक परेको छ ।”

स्वास्थ्य र तनाव ब्यवस्थापनका लागि म्याग्दीको बजार देखि ग्रामिण क्षेत्रमा योग गर्नेहरुको आकर्षण बढेको छ । मानिसहरु भेला भएर सामूहिक रुपमा योग अभ्यास गर्ने स्थायी ठाउँ नभएको बेनीका योग प्रशिक्षक दुर्गा गौतमले बताउनुभयो ।

Shreekrishna hardwear in news

“स्थायी संरचनाको अभावमा नियमित योग अभ्यास गर्न पाएका छैनन,” उहाँले भन्नुभयो “पूर्वाधार अभावको कारणले गर्दा बिच बिचमा छोड्नुपर्ने अवस्था छ ।” केही दिनयता बेनीको जिल्ला समन्वय समितिको सभाहलमा बिहानको समयमा योग प्रशिक्षण सञ्चालन भइरहेको छ ।
छोटो अवधिका लागि सभाहल भाडामा लिएर योग प्रशिक्षण सञ्चालन गरिएको हो । योग प्रशिक्षणका लागि फराकिलो ठाउँ भएको सभाहल आवश्यक पर्छ । होटल र सरकारी कार्यालयको सभाहलमा अन्य कार्यक्रम पनि हुने भएकाले छुट्टै सभाहल आवश्यक परेको हो ।

बजार क्षेत्रका नागरिक, ब्यापारी, पेशाकर्मीहरु हरेक बिहान जसो विभिन्न ठाउँमा भेला भएर सामुहिक योग अभ्यास गर्ने ठाउँको खोजीमा छन् । तनावको ब्यवस्थापन, शारिरिक र मानसिक सन्तुलन, असल आहार, बिहार र बिचारलाई आत्मसा तगर्ने र सकारात्मक सोचको बिकास भएको बेनीका योग साधक परशुराम सुवेदीले वाताउनुभयो ।

Bhautik ministry notice about road

व्यस्त जीवनमा साधारण ब्यायम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारिरिक स्फुर्तिका लागि योग अभ्यास गरेको बेनीकी गंगा खत्रीले बताउनुभयो । “सामुहिक योग अभ्यासलाई निरन्तरता दिन दिर्घकालिन पूर्वाधारको आवश्यकता देखिएको छ,’ उहाँले भन्नुभयो ।

“दिनभर ब्यवसायको कामले ब्यस्त भएपनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु,” व्यवसायी राधिका सापकोटाले भन्नुभयो “योग गर्नथालेपछि रक्तचाप ब्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको बिकास गर्न योग उपयोगी बनेको महशुस गरेको छु ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नविन आनन्द योग केन्द्र लगायत निकाय र संघ संस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् । बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँट, घोडेपानी लगायतका स्थानमा योग अभ्यास सञ्चालन भएको छ ।
योग अभ्यासमा सहभागिहरुलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सिप प्रदान गरिने योग प्रशिक्षक टिकाबहादुर जुग्जालीले बताउनुभयो । “गलत खानपान र जिवनशैलीका कारणले शरिर भद्दा, अस्तव्यत्त र अस्वस्थ भएको छ,” उहाँले भन्नुभयो “आसन, प्रणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”

योगले मानिसको शरिरिक बनावट लगायत मानसिक रुपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । जिवनमा स्वस्थ र निरोगी रहन योग बिधाको आविस्कार भएको बताइन्छ । ब्यस्त जिवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि बृद्धसम्मले यसलाई अपनाएको पाईन्छ । चिकित्सकहरुका अनुसार दैनिक योगले मानिसहरुको प्रतिरक्षा प्रणालिलाई बलियो बनाउंछ ।

बेनीको कालीपुल स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकहरुको संख्या धेरै भएकाले सो पूर्बाधार साँधुरो भएको हो । बेनी नगरपालिका–८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि चार वर्षअघि नविन आनन्द योग केन्द्रले छ आना जग्गा ब्यवस्थापन गरेका थिए ।

बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न नसकेको केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो । बेनीको क्याम्पसचोकका नारायण र अम्बिका श्रेष्ठले ३ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । ३ आना जग्गा खरिद गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...