धवलागिरी र अन्नपूर्णमा काँग्रेसको चुनावी अभियान

Gandaki Ghumau

बेनी । ‘घर–घर जाऔँ कांग्रेसलाई जिताऔँ’ अभियान अन्तरगत सोमबार धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ ।

धवलागिरीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापती तथा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले सवै वडामा पुगेर काँग्रेसलाई विजय बनाउन सबै सक्रिय भएर प्रत्येक जनताको घर दैलो गर्न पार्टीका कार्यकतालाई आग्रह गर्नुभएको छ । उहाँले अबको स्थानीय चुनावमा काँग्रेसलाई बहुमतका आधारमा जिताउन सबै कार्यकता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

Gunasthariya Shiksya

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका उपसभापती कर्ण बहादुर भण्डारी (के.बि) ले सबै जिल्लामा काँग्रेसको बहुमत लिनका लागि नेता तथा कार्यकताले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर लागिपरेको बताउनुभयो ।

Shreekrishna

धवलागिरीमा पालिकाका सभापती प्रेम पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सह–सचिव श्रीराम पौडेल लगायत बोल्नुभएको थियो । अन्नपूर्णमा क्या.बलबहादुर तिलिजाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्याल लगायतले बोल्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...