म्याग्दी क्याम्पसमा स्नातक तहमा कम्प्यूटर विषयको पठनपाठन

Gandaki Kotihome

बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहको शिक्षाशास्त्र संकायमा कम्प्युटर विषयको पठनपाठन शुरु भएको छ ।

सेमेस्टर प्रणाली अन्तरगत स्नातक तहमा बिआइसिटीई र शिक्षा शास्त्र संकायमा बिज्ञान बिषयको पठनपाठन शुरु गरेको हो । जिल्लामै दक्ष र योग्य जनशक्ति उत्पादन, उच्च शिक्षाका लागि अध्ययन गर्न जिल्ला बाहिर जानुपर्ने समस्या घटेको र रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुगेको छ ।

क्याम्पस प्रमुख गोरख बहादुर जिसिको अध्यक्षतामा भएको कक्षा शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले प्राविधिक विषयको सञ्चालनले २०७३ सालमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सबको उदेश्य अनुरुप कार्य गर्न वर्तमान सञ्चालक समिति लागि रहेको पनि पुष्टि गरेको बताउनुभयो ।
उहाँले समयानुकुलका विषयहरु थप गर्दै गुणस्तरीय शिक्षा मार्फत म्याग्दी क्याम्पसलाई देशकै नमुना सामुदायिक क्याम्पस बनाउन प्रयासरत रहेको जानकारी गराउँदै ढुक्क भएर क्याम्पसमा अध्ययन गर्न सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

साथै उक्त विषयमा भर्ना भएका विद्यार्थीहरुलाई क्याम्पसमा अध्यापन हुने विविध विषयहरु, क्याम्पसवाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरु, विद्यार्थीहरुले पालना गर्नुपर्ने आचार संहिताहरु त्था भविष्यमा स्नातक तह उत्तीर्ण गरेपछि विद्यार्थीहरुले प्राप्त गर्न सक्ने ज्ञान, सीप तथा रोजगारीका अवसरका विषयमा जानकारी गराइएको हो ।

क्याम्पसका नीतिनियम र व्यवस्थाका बारेमा सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी गराउनु भएको उक्त कार्यक्रममा क्याम्पसका भावि कार्यक्रमहरु तथा गुणस्तर वृद्धिका निमित्त सञ्चालन गरिने कार्यहरुका वारेमा क्याम्पस प्रमुख गोरख वहादुर जि.सी.ले आफ्नो धारण राख्नु भएको थियो ।

शिक्षा विभागका विभागिय प्रमुख उपप्राध्यापक प्रेमवहादुर जि.सी.द्वारा सञ्चालित उक्त कार्यक्रमा विद्यार्थी र शिक्षक कर्मचारीहरु गरी करिव ५० जना व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी म्याग्दी क्याम्पसको विविएस, विएड र विए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई सोमबार क्याम्पसमा उपलब्ध संकायहरु र सो अन्तर्गत अध्यापन हुने विविध विषयहरु, क्याम्पसवाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरु, विद्यार्थीहरुले पालना गर्नुपर्ने आचार संहिताहरु त्था भविष्यमा स्नातक तह उत्तीर्ण गरेपछि विद्यार्थीहरुले प्राप्त गर्न सक्ने ज्ञान, सीप तथा रोजगारीका अवसरकाम विषयमा जानकारी गराइएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको उपस्थितिमा भएको कार्यक्रममा क्याम्पसका नीतिनियम र व्यवस्थाका बारेमा सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी गराउनु भएको थियो । अतिरिक्त त्रियाकलाप संयोजक नारायण पौडेलको सञ्चालन र २०० जनाको उपस्थितिमा भएको कार्यक्रममा व्यवस्थापन, मानविकी तथा शिक्षा विभागका विभागीय प्रमुखहरुले आआफ्नो विभागको अवस्था र सम्भावनाका बारेमा बोल्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...