बेनी–तातोपानी सडक कालोपत्रेका लागि तयार भयो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रेका लागि तयार भएको छ ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकिएको सडकमा कालोपत्रे गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जिनियर सञ्जय सुवेदीले कालोपत्रेको लागि तयार भएको सडकमा पहिलो चरणमा प्राइम कोट राख्न थालिएको जानकारी दिनुभयो । “प्राइम कोट राखेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर पिच गर्ने तयारी भएको छ,” उहाँले भन्नुभयो “बेनी देखि तातोपानी खण्डका जग्गाको विवाद भएको बाहेकको सडक कालोपत्रेका लागि तयार भएको छ ।”

Shreekrishna hardwear in news

प्राइम कोड राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । ९ किलोमिटर सडक ११ मिटर फराकिलो बनाएर ७ मिटरका दरले कालोपत्रे गर्न लागिएको हो । ठेकेदार समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनी देखि तातोपानीको सडक कालोपत्रे गरिसक्ने वताउनुभयो ।

“कालोपत्रेका लागि आवश्यक सवै उपकरण र निर्माण सामग्री जुटाइसकेका छौ,” उहाँले भन्नुभयो “मौसमले साथ दिने हो भने चैत भित्र कालोपत्रे सकिन्छ । तातोपानी देखि सिम सम्मको थप तीन किलोमिटरमा पनि दैनिक एक सय जना मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भैरहेको छ ।”

Bhautik ministry notice about road

आयोजना व्यवस्थापक सदाले काम गरेपनि बजेट अभावमा पेश गरेको विलको भुक्तानी पाउन नसकेको गुनासो गर्नुभयो । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सदाले वताउनुभयो । यही चैत मसान्तसम्म योजनाको सम्झौताको म्याद थपिएको छ ।

बि.स २०७४ असोज ४ गते रु. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । संघबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्ट वजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाई भएको हो ।

म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुषमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।

आयोजनाको दोस्रो चरणमा लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पुर्बाधार बिकास कार्यालयले जनाएको छ ।

मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले वताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...