बेनीका सवै पशुलाई महामारी विरुद्धको खोप लगाइने

Shreekrishna hardware

बेनी। म्याग्दीको बेनी नगरपालिकामा सवै पशुलाई पूर्ण खोप लगाइने भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत वर्ष मंगलामा शुरु गरेको कार्यक्रमलाई निरन्तरता दिदै यसपाली बेनी नगरपालिकामा विस्तार गरेको हो ।

पशु चौपायामा लाग्ने महामारी रोग विरुद्ध खोप लगाउन खटिने खोपकर्ताहरुलाई सोमवार बेनीमा अभिमुखीकरण गरिएको छ । खोप लगाउने विधि, प्रत्रिया, जनप्रतिनिधी र कृषकसँग समन्वयका विषयमा प्राविधिकहरुलाई जानकारी गराइएको हो ।

Shreekrishna

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्य र मंगला गाउँपालिकाका पशु विकास अधिकृत मदन सापकोटाले कार्यक्रमको अभिमुखीकरण गर्नुभएको थियो । गाई, भैसी, भेडा, बाख्रा, कुकुर, बंगुरलाई लाग्ने विभिन्न रोगका बिरुद्ध निशूल्क खोप लगाउन लागिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

केन्द्रका प्राविधिक खगेन्द्र विश्वकर्माले पशुलाई विभिन्न छ वटा रोग विरुद्धको खोप लगाउन बेनी नगरपालिकामा २३ जना र मंगला गाउँपालिकामा १० जना खोपकर्ता परिचालन गरिने बताउनुभयो । चैत ११ गतेदेखि कृषकको घरदैलोमा पुगेर पशुलाई पिपिआर, भ्यागुते, चरचरे, सोनी फिवर, खोरेत र रेविज रोग विरुद्धको खोप लगाइने नायव पशु सेवा प्राविधिक गणेश रिजालले बताउनुभयो ।

यसअघि जनप्रतिनिधीहरुलाई कार्यक्रमको वारेमा अभिमुखीकरण गरी घरदैलो गरेर खोप लगाउने पशुको विवरण संकलन भइसकेको छ । पशुलाई खोप लगाएका कृषकलाई कार्ड उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ११ वटै जिल्लाका एक÷एक वटा स्थानीय तहमा पशुलाई पूर्ण खोप लगाउने कार्यक्रम सञ्चालन गरेको छ ।

“खोप लगाएर पशुलाई रोगबाट बचाउने, पशुधनको सुरक्षा, मानवीय असर र हानी कम गरि गुणस्तरीय पशुजन्य बस्तुको उत्पादन गर्ने उद्देश्यले प्रदेश सरकारले पूर्ण खोपको कार्यक्रम ल्याएको हो,” भेटेरीनरी केन्द्रका प्रमुख आचार्यले भन्नुभयो “अभियानले कृषकहरुलाई मानिसलाई जस्तै पशुहरुलाई पनि विभिन्न रोगबाट बचाउन खोप लगाउनुपर्ने सन्देश पनि प्रवाह हुने अपेक्षा गरेका छौ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...