म्यादी प्रहरीमा आवेदन दिनेको लर्को

Add Samajik bikash office

बेनी । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आवेदन दिनेहरुको लर्को लागेको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सरकारले आइतबार देखि चैत ११ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयवाट म्यादी प्रहरीको आवेदन खुलाएको थियो ।

आवेदन खुलेको दोस्रो दिन सोमबार सम्म ५५१ जनाले आवेदन दर्ता गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो । म्याग्दीमा ६५३ जना म्यादी प्रहरी भर्ना गर्ने कोटा छ ।

Shreekrishna hardwear in news

आइतवार १९८ जना र सोमबार ३५३ जनाले म्यादी प्रहरीको आवेदन फारम भरेका थिए । जस मध्य १२० जना महिला पनि छन् । डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा लाइन बसेर फारम भरेका छन् ।

कक्षा १२ पढ्दै गरेका बेनपा–६ का पूर्णबहादुर घर्ति अनुभव, फुर्सदको समय सदुपयोगका लागि म्यादी प्रहरीमा भर्ना हुन लागेको बताउनुभयो । भारतीय, सिंगापु, ब्रिटिस, नेपाली सैनिक, म्यादी र सशस्त्र प्रहरीमा भर्ति हुनका लागि म्यादी प्रहरीको अनुभव लिन चाहेको उहाँले वाताउनुभयो ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–४ डाडाखेतका रमेश दर्जी थोरै समय भएपनि काम पाइने विश्वासले म्यादी प्रहरीमा आवेदन दिएको बताउनुभयो । कामको अनुभव हुने र खर्च पनि जुट्ने भएकाले उहाँ उत्साहित हुनुहुन्छ ।

देशलाई परेको बेला सहयोग गर्ने मनशायले म्यादी प्रहरी बन्नेहरु पनि छन् । सँयौले म्यादी प्रहरीमा आवेदन भरिरहेकाले थारै समयको रोजगारीका लागि पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

म्यादी प्रहरीका लागि लामबद्ध यी युवाहरुको भीडले देशभर बेरोजगारी युवाको अवस्था कस्तो छ भनेर प्रष्ट पारेको छ । सयौं युवा स्थानीय तहको निर्वाचनका लागि खुलेको म्यादी प्रहरीको आवेदनको लाइनमा छन् । ४० दिनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना खुल्ला गरेको छ ।

डेढ महिना नै भएपनि रोजगारी पाईने भएकाले बाध्यताले म्यादी प्रहरी बन्न आवेदन दिईरहेकाहरु धेरै छन् । म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेकादेखि बिभिन्न सीपमुलक तालिम लिएकासम्म छन् । यसले मुलुकमा बेरोजगारीको डरलाग्दो दृश्य पनि देखाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...