महिला तथा सामाजिक समितिको टोली म्याग्दीमा

Gandaki Pardesh notice

बेनी । व्यवस्थापिका संसद अन्तरगत महिला तथा सामाजिक विकास समितिको टोली म्याग्दीमा आएको छ ।

समितिका सदस्य थममाया थापा, रुहि नाज, जानकी देवी र कुमारी मेचेको टोली महिला, जेष्ठ नागरिक, अपाङ्ग, जेष्ठ नागरिकसँग सम्बन्धी अधिकार र कानुन कार्यान्वयको विषयमा अध्ययनका लागि बेनीमा आएको हो । एनडिआई परियोजनाको समन्वयमा उनिहरु आएका हुन् ।

Bhautik ministry notice about road

टोलीले सोमबार बेनीमा सुरक्षा अधिकारी, राजनीतिकर्मी, महिला अगुवा र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो । विषयगत समितिसँग सम्बन्धीत अधिकार र कानुन कार्यान्वनको अवस्था, चुनौति र सुधार गर्नुपर्ने विषय पहिचानका लागि अनुगमन र छलफलका लागि आएको सांसद थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

छलफलमा सहभागिहरुले जेष्ठ नागरिक, बालबालिका, अपाङ्गहरुको अधिकार र सुविधाका लागि बनेका नियम कानुनको व्यवहारिक कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । यसैगरी कतिपय अवस्थामा अधिकार र सुविधाको दुरुपयोग हुँदा विकृति बढेको औल्याएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...