अन्नपूर्ण आधार शिविर पुगे आरोही टोली

Gandaki Pardesh notice

बेनी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीको टोली आधार शिविर पुगेका छन् ।

Bhautik ministry notice about road

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविरमा शुक्रबार ६÷६ जना शेर्पाको टोली पुगेको हो । ऐठकेआर पिक परमिसन ट्रेक मार्फत आएका शेर्पाको टोली र सामानलाई दाना देखि हेलिकप्टरबाट आधार शिविर पु¥याइएको समन्वयकर्ता होटल व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोही विदेशी पर्यटकको टोली नारच्याङ हुदै पैदलमार्ग भएर आधार शिविर तर्फ लागेका छन् । यो सिजनमा अन्नपूर्ण आरोहण गर्न आएको यो पहिलो आरोही टोल हो । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...