धवलागिरीका कृषकलाई सुन्तला बगैचा व्यवस्थापन तालिम

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको बगरमा शनिवार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र धवलागिरी गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । सुन्तलाको हाँगा काटछाट, सरसफाई, मलजल, बोर्डोपेष्ट गरी रोग किराको ब्यवस्थापन गर्ने बिषयमा ब्यवहारिक तथा सैद्धान्तिक ज्ञान सिप प्रदान गरिएको थियो ।

Bhautik ministry notice about road

कृषि ज्ञान केन्द्रका प्राबिधिक श्यामशरण कुर्मी, जनक शर्मा, धवलागिरी गाउँपालिकाका कृषि शाखा संयोजक आश्विन खत्रीले तालिमको सहजिकरण गर्नुभएको थियो । तालिममा धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा व्यवसायिक सुन्तला खेती गरेका कृषकहरु सहभागि भएका थिए ।

Shreekrishna hardwear in news

सुन्तला खेती बिस्तार र गुणस्तरीय उत्पादन बृद्धी गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तालिममा सहभागि कृषकहरुलाई सुन्तला बगैचा ब्यवस्थापनका लागि आवश्यक पर्ने सिकेचर, आरि, निलोतुथो, चुना र स्प्रे निशूल्क बितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...