बेनीमा कांग्रेसको कार्यकर्ता प्रशिक्षण

Gandaki Ghumau

बेनी,। नेपाली कांग्रेस म्याग्दीले स्थानीय चुनावलाई लक्षित गरेर शनिबार बेनीमा जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रमको उद्घाटन गदैं काग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गत चुनावमा विकास र सम्वृद्धिको नारा लगाएर भोट बटुलेकाहरुले काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

‘स्थानीय तहको चुनावमा लोकप्रियताको आधारमा उम्मेदवार छनौट हुन्छ,’ उहाँले भन्नुभयो ‘उम्मेदवारका आकांक्षी नेताका घरमा भन्दा जनतामाझ पुग्नुहोस ।’ विपक्षीले फैलाएको भ्रम चिर्न र पार्टीको बिचार बुझाउन ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियान थालिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘एमसीसीका बारेमा धेरै भ्रम चिरिइसकेको अवस्था छ,’ उहाँले भननुभयो ‘अनुदानमा राजनीति गरेर जनतालाई भ्रममा पार्ने दिन गए ।’ केन्द्रिय सदस्य चम्पादेवी खड्काले अभियानमार्फत गाउँघर, टोलमा पुगेर सरकारले गरेका कामको प्रचारप्रसार गर्न अनुरोध गर्नुभयो ।

‘कांग्रेसको पक्षमा माहोल छ,’ उहाँले भन्नुभयो ‘हाम्रो पार्टीको बिरुद्धमा छरिएको भ्रम जनताबाट हटाउनुपर्छ ।’ भेलामा गण्डकी प्रदेश कार्यसमितिका महामन्त्रीद्धय किरणबाबु श्रेष्ठ, विष्णु लामिछाने, सहमहामन्त्री कोपिला रानाभाटले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ, उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महत, नेपाली कांग्रेस प्रदेश ‘क’ सभापति ओम छन्त्याल, ६ वटै पालिकाका सभापतिले बोल्नुभएको थियो । सभापति खमबहादुर गर्बुजाको अध्यक्षता, उपसभापति हरिकुमार श्रेष्ठको स्वागत र सचिव भरत रकालको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाली कांग्रेसले गाउँ अभियानसँगै भ्रातृ संस्थाले वडा र टोलस्तरमा समेत संगठन विस्तार र प्रशिक्षण गरिरहेका छन् । चुनावी माहोल आफ्नो पक्षमा पार्न दलहरू टोल–टोलसम्म सक्रीय बनेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...