कृषकलाई ७३ लाख अनुदान

Gandaki Pardesh notice

बेनी। कृषि ज्ञान केन्द्रले म्याग्दीका कृषकलाई चालु आर्थिक वर्ष २०७८÷८९ मा कृषकलाई करिब रु. ७३ लाख अनुदान वितरण गरेको छ ।

रु. ७२ लाख ९८ हजार १०० विनियोजन भएको अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले ७५ वटा कृषि फार्म, सहकारी र समूह अनुदानका कार्यक्रममा छनौट भएका जानकारी दिनुभयो ।

“सार्वजनिक सूचना आव्हान गरेर संकलन भएका आवेदनको स्थलगत मूल्याङ्कन गरि मापदण्डमा पर्नेलाई छनौट गरिएको हो,” उहाँले भन्नुभयो “छनौट भएकाहरुसँग स्थानीय तह चुनाव अघिनै कार्य सम्पन्न गर्ने लक्ष्य सहित सम्झौता गर्न बोलाएका छौ ।”

Shreekrishna hardwear in news

रु. २९ लाख ९९ हजार ७०० वजेट विनियोजन भएको साना सिचाई कार्यक्रम मार्फत १८ वटा फर्म, सहकारी र समूहले सिचाई नहर, पाइप खरिद जडान र टंकी निर्माण गर्न कुल लागतको ९० प्रतिशत अनुदान पाउने भएका छन् ।

Bhautik ministry notice about road

केन्द्रका प्रमुख किरण सिग्देलले रैथाने बाली संरक्षण कार्यक्रममा छनौट भएका पाँच वटालाई ९० प्रतिशतका दरले कुल रु. चार लाख ९९ हजार ५०० अनुदान दिइने बताउनुभयो । १७ वट एकल फर्मले खुल्ला जमिनमा प्राङगारिक कार्यक्रम मार्फत रु. छ लाख अनुदान पाउनेछन् । यो कार्यक्रम अन्तरगत कुल लागतको दश प्रतिशत कृषकले ब्यहोर्नुपर्नेछ ।

प्राङगारिक उत्पादनका लागि पलास्टिक घर विस्तार कार्यक्रम मार्फत सात वटा फर्मले पचास प्रतिशतका दरले कुल रु. चार लाख ९९ हजार ८०० अनुदान पाउने केन्द्रका प्रमुख सिग्देलले बताउनुभयो ।

सुन्तला झार्ने औसा किरा नियन्त्रण कार्यक्रमको रु. तीन लाख ९९ हजार ६०० वजेट ६० प्रतिशत अनुदान पाउने गरि चार वटा समूहलाई वितरण गरिएको छ । दुई हजार ५०० रोपनी बाँझो जमिनमा खेति गर्न दर्ता भएका ११ वटा प्रस्तावकले रु. पाँच लाख अनुदान पाउने भएका छन् ।

विउविजन आत्मनिर्भर कार्यक्रमको रु. तीन लाख वजेट चार वटा समूहलाई वितरण भएको छ । यो कार्यक्रमबाट कृषकले पचास प्रतिशत अनुदान पाउनेछन् । पचास प्रतिशतका दरले अनुदान वितरण गरिने रु. पाँच लाख वजेट भएका अदुवा प्रर्वद्धन कार्यक्रममा तीन वटा फर्म र समूह छनौट भएका छन् ।

रु. पाँच लाख वजेट भएको समूह मार्फत खुल्ला जमिनमा प्राङगारिक उत्पादन कार्यक्रम बेनपा–३ को वेलढुङ्गा कृषक समूहले पाएको छ । कुल लागतको पचास प्रतिशत समूहले व्यहोर्नुपर्ने छ । रु. चार लाख ९९ हजार पाँच सय वजेट भएको ९० प्रतिशत अनुदान पाउने विशेष वाली प्रर्वद्धन कार्यक्रममा पाँच वटा समूह छनौट भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...