सरस्वती आधारभूतमा मोना बेल्जियमको अक्षय कोष

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ ढकालले समुदायको सक्रियताले नै विद्यालय बन्ने बताउनुभयो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले कोषमार्फत विपन्नको उपचार बाहेक विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत साथ र सहयोग रहेको बताउनुभयो । सोही अवसरमा १० हजारको स्टेशनरी साम्रागी समेत हस्तान्तरण गरिएको थियो ।

Bhautik ministry notice about road

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक संकलन अभियानका संयोजक कृष्ण थापा लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरणको अवसरमा विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरेमार्फत मोना बेल्जियमका अध्यक्ष रकेन्द घिमिरेले यो दोस्रो अक्षय कोष भएको जानकारी गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

संस्थामार्फत यसअगाडी पाउद्धार माविमा समेत स्वर्गीय होमप्रसाद तिलिजा ९डिपिन० को स्मृतिमा १ लाख ५० हजारको कोष स्थापना गरेको थियो । कार्यक्रममा विब्यस अध्यक्ष चित्रबहादुर रिजाल, प्रधानाध्यापक छेमप्रसाद पुनको स्वागत र सञ्चालन शिक्षिका घनदेबी घर्तीले सञ्चालन गर्नुभएको थियो । बि.स २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...