जलजलाका अग्रजलाई काँग्रेसको सम्मान

Add Samajik bikash office

बेनी, ४ चैत । नेपाली काँग्रेस जलजला गाउँपालिकाले अग्रज नेताहरुलाई सम्मान गरेको छ ।
फागु पुर्णिमा पर्वको अवसरमा मल्लाजमा आयोजित कार्यक्रममा काँग्रेस पार्टी, भातृ र शुभेच्छुक संगठनमा आवद्ध भएर योगदान गरेका करिब ४०० जनालाई सम्मान गरेको हो ।
घर घर जाउँ काग्रेस जिताउ अभियान अन्तरगत अग्रज नेता कार्यकर्ताले पु¥याएको योगदानको सम्मानपत्र दोसल्ला ओढाएर सम्मान गरिएको नेपाली काँग्रेस जलजलाका सचिव नविन जिसीले बताउनुभयो । काँग्रेस जलजलाका सभापति इन्दुप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज नेता भवानीशंकर पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल लगायतले सम्मान गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...