बेनी नगरपालिकाका कृषकलाई माछाको भुरा वितरण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाका कृषकहरुलाई शुक्रबार माछाको भुरा वितरण गरिएको छ ।

बेनी नगरपालिकाको पशु सेवा शाखाले ३४ जना कृषकहरुलाई माछाका १६ हजार भुरा वितरण गरेको हो । कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, रघु र नैनी जातको माछाका भुरा वितरण गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

नगर कार्यपालिकाका प्रवत्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले कृषकहरुलाई भुरा वितरण गर्नुभएको थियो । कृषकहरुबाट माग र निवेदन संकलन गरेर बिनियोजन भएको बजेटको सिमा भित्र रहेर भुरा खरिद गरि वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।

Shreekrishna hardwear in news

कृषकहरुलाई माछापालन प्रति आकर्षित गराउने, माछा उत्पादन बढाउने, आयआर्जन बढाउन सघाउने र आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको प्राबिधिक गौतमले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...