फलफुल वगैचा व्यवस्थापन तालिम

Gandaki Pardesh notice

बेनी । बेनीमा शुक्रबारदेखि अमिलाजात फलफुल वगैचा व्यवस्थापन तालिम शुरु भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका ६ वटै स्थानीय तहका २५ जना कृषकहरु सहभागि छन् । तालिमको केन्द्रका प्रमुख किरण सिग्देल, कृषि प्रसार अधिकृत गोविन्द पाण्डे र वाली संरक्षण अधिकृत निर्मला कटुवालले सहजिकण गर्नुहुने जनाइएको छ ।

Bhautik ministry notice about road

सुन्तला, कागति, जुनार लगायत अमिलाजातका फलफुल खेती प्रविधी, रोगकिरा पहिचान, वगैचाको सरसफाई, मलखाद व्यवस्थापन, अन्तरवाली खेती गर्ने, बोडोपेष्ट लगाउने र नर्सरी तयारीको विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिने कृषि प्रसार अधिकृत पाण्डेले वाताउनुभयो ।

Shreekrishna hardwear in news

श्निवार र आइतवारको तालिम रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित सुन्तला वगैचामा स्थलगत र प्रयोगात्मक रुपमा सञ्चालन गरिने भएको छ । बल्क, पकेटमा नसमेटिएका कृषकहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...