तेस्रो रत्नेचौर जागरण कप हुने

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–१ मा चैत ११ देखि १४ गतेसम्म तेस्रो रत्नेचौर जागरण कप सञ्चालन हुने भएको छ ।

रत्नेचौर जागरण समूहको आयोजनामा पालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिबल र आमा समूह स्तरीय खुल्ला रत्यौली प्रतियोगिता हुन लागेको हो ।

समूहका अध्यक्ष मन्नु रावलले विभिन्न उपसमिति बनाएर कपको तयारी तिब्र बनाएको बताउनुभयो । खेलकुदको माध्यमबाट रत्नेचौरको प्रचारप्रसार र कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भलिबल र प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भ्लिबल प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित रु. ५९ हजार ५५५ र रु. २५ हजार ५५५ पुरस्कारको व्यवस्था गरिएको छ । रत्यौलीमा बिजेताले रु. ११ हजार १११ र उपविजेताले रु. पाँच हजार ५५५ पुरस्कार पाउने समूहका सचिव दानवहादुर महतले बताउनुभयो ।

प्रतियोगिताको तयारीका लागि शुक्रबार भएको बैठकमा वडा अध्यक्ष टेकबहादुर रावलले पूर्वाधार विकाससँगै चलहपहल र चर्चा बढेको रत्नेचौरलाई खेलको माध्यमबाट चिनाउने अर्को सम्भावना रहेको बताउनुभयो ।

प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र सकारान्तमक सन्देश प्रवाह हुने किसिमले सञ्चालन गर्न अध्यक्ष रावलले सुझाव दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...