म्याग्दीका हिमालमा आउन थाले आरोही

Gandaki Ghumau

बेनी । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । वसन्तकालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुगेका छन् । उनिहरु यो यामको पहिलो टोली हुन् ।

Gunasthariya Shiksya

इमेजिङ नेपाल ट्रेकमार्फत आएका आरोही ताकमबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिनुभएका इन्द्रसिंह शेरचनले बताउनुभयो ।
“दश जनाको टोली हेलिकोप्टरबाट धौलागिरि आधार शिविर पुगेका छन्”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।” अमेरिका, जापा, चिन, क्यानडा, नर्वेलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका हुन् ।

Shreekrishna
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...