थकाली समुदायमा “तोरन ल्ह”को रौनक

Gandaki Ghumau

बेनी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगार पटार गरेका छन् । फागु पूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका सचिव योगेन्द्रमान शेरचनले बताउनुभयो ।

Shreekrishna

‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीहरुलाई सम्झिएर पुजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ शेरचनले भन्नुभयो ‘‘आफन्तहरुलाई बोलाएर मिठा मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’ मुस्ताङको थासाङ गाउपालिकाको कोवाङ थकाली समुदायको उद्गम स्थल मानिन्छ ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहूल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारा खेल (आर्चरी) सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले थकाली समुदायले मनाउने तोरन ल्ह पर्वले अग्रजको सम्मान र सम्झना गर्नुपर्ने सन्देश दिएको बताउनुभयो ।

Gunasthariya Shiksya

कार्यक्रममा थकाली सेवा समितिका केन्द्रिय सल्लाहकार गोपाल भट्टचन, केन्द्रिय सदस्य विमला गौचन, कृष्णकुमार शेरचन, नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल मगर संघका रमेश फगामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा बेनी नगरपालिका–४ तातोपानीका स्वर्गीय फटबहादुर शेरचनको नाममा उहाँका श्रीमति र छोराले थकाली सेवा समितिलाई रु. पचास हजार सहयोग गर्नुभयो ।

तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थहरुमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ती कालदेखिनै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा बिधाको रुपमा मान्यता पाएको छ ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसंख्यक थकाली समुदायको भाषासंग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो ।

एउटा समुहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र बिशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धानुका समेत घनुष बनाउने गरिएको छ ।

एक सय देखि डेढ सय मिटरको दुरिमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र मा कोपीएको आधारमा खेलको मूल्याङकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपीएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...