घोडेपानी पुनहिलमा पर्यटकको चहलपहल बढ्न थाल्यो

Gandaki Pardesh notice

बेनी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

कोरोना महामारी फैलिएपछि वि.स. २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा बसन्त र शरद ऋतुको याम कोरोनाले सुनसान बनाएको थियो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले दुई वर्षपछि विदेशी पर्यटक आउन थालेका बताउनुभयो ।

“वसन्त ऋतुको शुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ,” उहाँले भन्नुभयो “केही दिनयता दैनिक १५ जनाको हाराहारीमा विदेशी र ५० जनाको हाराहारीमा आन्तरिक पर्यटक आएका छन् । पर्यटक आगमन बढ्न थालेकोमा खुसी लागेको छ ।”
समुन्द्रि सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सुर्योदय, हिमाल र लालीगुराँसको जंगल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा वास बस्ने गर्छन् । अन्नपुर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य घोडेपानी समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ ।

Shreekrishna hardwear in news

घोडेपानी देखि ३० मिनेट उकालो हिडेपछि पुनहिल पुग्न सकिन्छ । चैत–बैशाख महिनामा वरपरका पाखामा फुलेका लागिगुँरासको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छे, मानापाथी लगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ ।

Bhautik ministry notice about road

यस क्षेत्रमा १६ प्रजातिका लालिगुराँस पाइन्छ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुन आफूहरु पर्यटकको पर्खाइमा रहेको बताउनुभयो । स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको ब्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

उपसमितिको बैठकले घोडेपानीमा रहेका २७ वटा होटललाई सुविधा र पुर्वाधारको आधारमा दुई समूहमा वर्गीकरण गरेको छ । ११ वटा होटललाई (क) र १६ वटालाई (ख) समूहमा वर्गिकरण गरेर फरक फरक दररेट बनाइएको हो ।

एक रात वास बसेको, बेलुकाको खाना, बिहानको खाजा सहित रु. ९५० देखि एक हजार ६०० को प्याकेज बनाएका हुन् । यसअघि सबै होटलहरुले प्रतिव्यक्ति एक रात वास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु. एक हजार पाँच सय शुल्क लिने गरेका थिए ।

घोडेपानीका होटलमा दैनिक एक हजार जना भन्दा बढी वास बस्न सक्छन् । फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शूल्कको नयाँ दररेट २०७८ चैत १ गतेदेखि लागु हुने उपसिमतिका अध्यक्ष पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...