बुलमा सडक पुग्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल गाउँ सडक सञ्जालमा जोडिएको छ ।

धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेशी–कुम्रि–राम्चे हुदै घामताप्नामा पुगेको सडक विस्तार गरेर बुल पु¥याइएको हो ।

मराङका वडा अध्यक्ष राजाराम सुवेदीले चालु आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको रु. १२ लाख पचास हजार र प्रदेश सांसद नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको रु. दश लाख बजेटबाट बुलमा सडक पु¥याइएको बताउनुभयो ।
६ देखि ७ मिटर फराकिलो सडकको मार्ग निर्माणको काम मंगलबार सकिएको हो । “वि.स. २०७४ अघि यस वडाको कुनै पनि बस्तीमा सडक यातायातको सुबिधा थिएन,” वडा अध्यक्ष सुवेदीले भन्नुभयो “बुलसँगै साविक मराङ गाविसको ९ वटै वडा सडक सञ्जालमा जोडिएका छन् ।”

Shreekrishna hardwear in news

बुल सडक निर्माण समितिका अध्यक्ष नरबहादुर जुग्जालीले सडक निर्माण भएपछि बुल र मलम्पारका २०० घरधुरी लाभान्वित भएका बताउनुभयो । “बेशीबाट पैदल हिडेर बुल पुग्न दुई घण्टा ३० मिनेट उकालो हिड्नुपर्दथ्यो । जेष्ठ नागरिकलाई पुरै दिन लाग्दथ्यो,” उहाँले भन्नुभयो “सडक आएपछि यात्रा अवधि तीस मिनेटमा छोटिएको छ ।”

Bhautik ministry notice about road

स्थानीयवासीलाई आवत जावत, बिरामीलाई समयमै अस्पताल पु¥याउन, कृषि तथा पशुजन्य बस्तु निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सहज भएको जुग्जालीले बताउनुभयो । सडक सुविधासँगै बसाइसराई रोकिने र गाउँ छाडेर गएकाहरु जन्मथलो फर्कने विश्वास गरिएको छ । ७० घर भएको बुलका ४० घरमा मात्र हाल बसोबास छ ।

यस वर्ष गाउँपालिकाको बजेटले १ हजार चार सय मिटर र प्रदेश सरकारको बजेटले १ हजार ७० मिटर सडकको मार्ग खोल्ने लागत अनुमान भएपनि करिब तीन किलोमिटर मार्ग खोलिएको गाउँपालिकाका प्राबिधिक जनक धानुकले बताउनुभयो । उहाँका अनुसार बेशी देखि बुलसम्म सडकको दुरि करिब १२ किलोमिटर छ ।

यो सडक निर्माणमा उपभोक्ता समिति बाहेक सरकारको मात्र रु. एक करोड २७ लाख खर्च भएको वडा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा बेशी देखि मराङ स्वास्थ्य चौकीको भवन सम्म गाउँपालिकाको रु. ३८ लाखमा तीन किलोमिटर मार्ग खोलिएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा स्वास्थ्य चौकीको भवन देखि राम्चे सम्म गाउँपालिकाको रु. २५ लाख र प्रदेश सरकारको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको रु. १५ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

आर्थिक वर्ष २०७७÷०७८ मा राम्चे देखि घामताप्नासम्म गाउँपालिकाको रु. दश लाख र संघीय सांसद भुपेन्द्र थापाको निर्वाचन क्षेत्र पुर्वाधार साझेदारी कार्यक्रमको रु. १७ लाख बजेटबाट मार्ग खोलिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...