रत्नेचौरमा धार्मिक महोत्सव सकियो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ मा सोमवार ‘रत्नेचौर धार्मिक महोत्सव’ सम्पन्न भएको छ ।

परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि महोत्सव शुरु भएको थियो । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरी मन्दिरको चौतर्फि विकासका लागि महोत्सव आयोजना गरिएको हो ।

Bhautik ministry notice about road

महोत्सवमा रु. ३१ लाख सत्तरी हजार १०३ सहयोग संकलन भएको आयोजक समितिका उपाध्यक्ष चिरञ्जिवी बोगटीले बताउनुभयो । संकलन भएको रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन गरिने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

लक्ष्मीहरी मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन भएको हो ।

भौगोलिक रुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी बनेको मुल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...