भकिम्लीमा प्रसुति केन्द्रको भवन निर्माणको सम्झौता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (वर्थिङ सेन्टर)को भवन निर्माण हुने भएको छ । स्वास्थ्य सम्बन्धी परियोजना वान हार्ट, बेनी नगरपालिका र समुदायको लागत साझेदारीमा भवन निर्माणको सम्झौता भएको हो ।

बेनी नगरपालिकाको तर्फबाट मेयर हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, इञ्जिनियर बिमलरञ्जन कार्की र वान हार्टको तर्फबाट कार्यकारी निर्देशक सुर्य भट्ट र जिल्ला संयोजक उपेन्द्र चन्द बिच सोमबार सम्झौतामा हस्ताक्षर भएको छ ।

भकिम्लीका वडा अध्यक्ष पदम पुनका अनुसार कुल रु. ४५ लाख लागत अनुमान गरिएको भवन निर्माणमा वान हार्टले रु. २४ लाख, नगरपालिकाले रु. १६ लाख र उपभोक्ताले रु. पाँच लाख साझेदारी गर्ने सम्झौता भएको छ ।

Shreekrishna hardwear in news

चार कोठे भवनमा प्रसुति केन्द्र सञ्चालनका लागि आवश्यक सबै संरचना, पुर्वाधार र फर्निचार तयार पारिनेछ् । वडा अध्यक्ष पुनले उपभोक्ता समिति गठन गरेर योजना कार्यान्वयनको तयारी भएको बताउनुभयो ।

Bhautik ministry notice about road
भकिम्ली स्वास्थ्य चौकीको भवन । तस्बिर धौलागिरी खबर

हाल स्वास्थ्य चौकी सञ्चालन भएको नमुना आमा समूहको भवन जिर्ण भएर पानी चुहिने समस्या थियो । भवनको प्रसुति कक्षभित्र पानी पर्दा छाता ओडेर सेवा दिने गरेका छन् । भवन अभावमा करिब एक हजार घरधुरीले सेवा लिने स्वास्थ्य चौकीको कामकाज प्रभावित बनेको छ ।

सिंगो स्वास्थ्य चौकी दुई वटा कोठामा सिमित छ । एक वटा कोठामा प्रशासन र औषधी भण्डारण कक्ष बनाइएको छ । बहिरंग, सोधपुछ र प्रसुति कक्ष एउटै कोठामा सञ्चालन भएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् ।

दैनिक १० जनाको अनुपातमा सेवाग्राही आउने गर्छन् । स्वास्थ्य चौकीको भवन बनाउन पृथीलाल खत्रीका परिवारले आठ रोपनी जग्गा उपलब्ध गराएपनि बजेट अभावमा निर्माण हुन सकेको थिएन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...