कृषि उत्पादन घटेकोमा चिन्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दीका जनप्रतिनिधीले बेमौसमी वर्षा भएको; गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनु पर्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघ, विश्व खाद्य कार्यक्रम तथा राष्ट्रिय योजना आयोगजस्ता निकायले मानिसको जीविकोपार्जनलाई सहज बनाउने योजना ल्याउनुपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले आग्रह गर्नुभयो ।

वातावरणमा आएको परिवर्तनले खाद्यसुरक्षामा असर पारेकाले अनुकूलित खाद्यान्न र पशुपालनका लागि प्रविधिको व्यवस्था गर्न नसके खाद्य असुरक्षा, भोकमरी बढ्ने, देशको अर्थतन्त्र खाद्यान्न आयातमा केन्द्रित हुने उहाँको भनाई थियो ।

Shreekrishna hardwear in news

आयोगले विश्व खाद्य कार्यक्रमसँग मिलेर म्याग्दीका पालिका तहमा अध्ययनसमेत थालेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले खेती गर्ने पात्रोमा परिवर्तन आएको, खडेरी, असिना, हिमपात र बन्यजन्तुले बालीनाली क्षति गरेर कृषक पिडित भएका बताउनुभयो ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सस्तो र सजिलोका लागि आयातित बस्तुमा निर्भर हुने, जग्गाजमिन बाँझो राख्ने समस्याले रैथाने जातका वाली लोप हुन थालेको बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्य सेरबहादुर केसीले घट्दो उत्पादन र बढ्दो आयातले सिर्जना गरेको असन्तुलत घटाउन राज्यले कृषि उपजको बजार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले खाद्यसुरक्षाको अवस्था कमजोर बन्दै गएकाले वैकल्पिक उत्पादन र अनुकूल उत्पादनमा लगानी गर्ने नीतिअनुरुप अध्ययन थालेको निर्देशक महेश खरेलले बताउनुभयो । अतिवर्षात्ले पहिरो खस्न थालेको, हिउँदे वर्षा घटेर उत्पादनमा ह्रास आएकाले खाद्य सुरक्षा संकटमा परेको उहाँले बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिममा गरेको अध्ययनले खाद्यसुरक्षाको चुनौती बढेको देखिएपछि यसपाली गण्डकी र बागमती प्रदेशमा पनि अध्ययन थालिएको खरेलले बताउनुभयो । सबैतिर एकै प्रकारको समस्या भएकाले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममार्फत खाद्य सुरक्षाका कार्यक्रम सुरु गरिसकेको उहाँले बताउनुभयो । आयोग, विश्व खाद्य कार्यक्रम र गण्डकी प्रदेशको योजना आयोगले जिल्लामा स्थानीय तहको सहकार्यमा कृषि र पशु विकासमा लगानी बढाएको उहाँले बताउनुभयो ।

जीविकोपार्जनका लागि खाद्यान्नतर्फ धान, गहुँ, मकै र कोदो, पशुतर्फ दूध र मासुजन्य तथा तरकारी खेतीमा जोड दिने लक्ष्य राखेको खाद्य सुरक्षाविज्ञ विष्णु आचार्यले बताउनुभयो । उहाँले जलवायु परिवर्तनले ल्याएको असर न्यूनीकरणका लागि काम गर्न प्रारम्भिक अध्ययन गरिएको बताउनुभयो ।

आयोगले गर्ने अध्ययनमा जीविकोपार्जनका लागि लक्षित क्षेत्र पहिचान गर्ने, खाद्यसुरक्षा पुनरुत्थान नीति बनाउने र तापक्रम र वर्षात्को परिदृश्य निर्माण गर्ने काममा लगानी गरेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि यज्ञ पुनले बताउनुभयो । शुक्रबार बेनीमा भएको अन्तरक्रियामा जिल्लाका छ वटै स्थानीय तहका जनप्रतिनिधि, कृषि र पशु शाखाका प्रमुखबीच विभिन्न १५ वटा सूचकमा छलफल भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...