एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण

Gandaki Pardesh notice

बेनी । नेकपा (एमाले) म्याग्दीले शुक्रबार बेनीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम् स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले पार्टीको मुल्य, मान्यता र सिद्धान्तलाई जनतामाझ लैजान जनताको घरदैलोमा पुग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

Bhautik ministry notice about road

उहाँले महाधिवेशनबाट पारित भएको पार्टीको कार्यदिशा, सांगठनीक अवस्था, समाजवादको आधार लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरि स्कुल विभागका उपप्रमुख एवम् पार्टी पोलिटव्युरो सदस्य इश्वरी रिजालले स्थानीय तह निर्वाचनको कार्ययोजना र रणनीतिबारे प्रशिक्षण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

जिल्ला कमिटीका सदस्य एवम् पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, प्रदेश कमिटीका सदस्य र जनसंगठनका जिल्ला स्तरका अध्यक्षहरु लगायतलाई एक दिने निर्वाचन बिशेष प्रशिक्षण दिईएको एमाले जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार,आगाीम चैत ४ देखि ८ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहमा पालिका स्तरको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ ।

पालिका कमिटी र वडा कमिटीलाई पालिका स्तरको प्रशिक्षणमा सहभागी गराउने जनाइएको छ । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष केसीको अध्यक्षता,उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिब सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...