स्वास्थ्य कार्यक्रममा म्याग्दीको स्वास्थ्य कार्यालय र बेनी नगरपालिका उत्कृष्ट

Gandaki Pardesh notice

बेनी । गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन भएको स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा म्याग्दीको स्वास्थ्य कार्यालय तेस्रो र बेनी नगरपालिका तेस्रो भएका छन् ।

उत्कृष्ट पाँच वटा जिल्ला र स्थानीय तहमा परेका दुवै कार्यालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मन्त्री मधुमाया अधिकारी गुरुङले स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र स्वास्थ्य शाखा प्रमुख लीला गौतमलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयको मूल्याङ्कनका क्रममा स्वास्थ्य कार्यालय म्याग्दी प्रदेशका ११ जिल्ला मध्य तेस्रो र बेनी नगरपालिका ८५ वटा स्थानीय तहमा दोस्रो भएका थिए ।

स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको उत्कृष्ट कार्यालयको सम्मान पनि पाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...