म्याग्दी यातायातमा माइकल

Add Samajik bikash office

बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ ।

कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाइनै नेतृत्वमा निरन्तरता दिएको हो । समितिको सञ्चालकहरुमा सुमन श्रेष्ठ, जानबहादुर के.सी., कृष्णबहादुर घर्ति, चन्द्रबहादुर क्षेत्री, नारायण थापा र छत्रराज थापा चयन हुनुभएको कम्पनीका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

तत्कालीन म्याग्दी यातायात व्यवसायी समितिका संस्थापक अध्यक्ष गोपाल भट्टचनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा सहभागीहरुले इन्धनको मूल्यवृद्धी अनुसार यातायात भाडादर समायोजन गर्नुपर्ने, ग्रामिण सडकको स्तरोन्नति र सुधार गर्न दवाव दिनुपर्ने लगायतको बिषयमा छलफल गरेका थिए ।

Shreekrishna hardwear in news

महँगो ब्याजदर र अस्वस्थ प्रतिस्पर्धाका कारण पलायन हुनुपर्ने अवस्था आएको व्यवसायीको गुनासो थियो । कम्पनीमा म्याग्दीबाट लामो तथा छोटो दुरिमा चल्ने सवारीका धनीहरु आवद्ध छन् । सरकारले यातायात व्यवसायी समितिहरुलाई खारेज गरेर कम्पनीमा रुपान्तरण गर्ने नीति ल्याएपछि म्याग्दी यातायात कम्पनी प्रा.ली. बनेको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...